विवेकको ट्वीट देखेर रिसाए अभिषेक बच्चन, कडा जवाफ दिन खोज्दा ऐश्वर्याले रोकिन् !
विवेक ओबरोयले ऐश्वर्या राय बच्चनको विषयमा गरिएको मिम आफ्नो ट्वीटर ह्यान्डलमा सेयर गरेका थिए जसमा बबाल मच्चियो । यो मुद्दामा महिला आयोगदेखि विभिन्न बलिउड सेलिब्रिटी उत्रिए र ट्वीटरमा विवेकलाई निकै ट्रोलसमेत गरियो । अत्यधिक विवाद बढेपछि विवेकले माफी त मागे तर उनको यो व्यवहारबारे अझै प्रतिक्रिया आउन रोकिएको छैन । अहिलेसम्म यो विषयमा बच्चन परिवारबाट कसैको पनि प्रतिक्रिया आएको छैन तर रिपोर्ट अनुसार जे भयो त्यसले सबैजना दुःखी छन् ।
अभिषेक बच्चनलाई निकै रिस उठ्योः
रिपोर्टका अनुसार अभिषेक आफ्नी श्रीमती ऐश्वर्याको अपमानका कारण निकै रुष्ट छन् । साधारणतया निकै शान्त देखिने अभिषेकले विवेकलाई कडा जवाफ दिन तयार भइसकेका थिए तर ऐश्वर्याले उनलाई शान्त बस्न आग्रह गरेको बताइन्छ ऐश्वर्या कान्स फिल्म फेस्टिबलमा भाग लिन फ्रान्समा भएका बेला उनीबारे यस्तो मिम आएको हो । उनले फ्रान्सबाटै अभिषेकलाई यसबारे प्रतिक्रिया नदिन र नरिसाउन आग्रह गरिन् ।
ऐश्वर्याका अनुसार विवेक आफ्नो नयाँ फिल्म नरेन्द्र मोदी बायोपिकका लागि मानिसहरुको ध्यान खिच्न चाहन्छन् त्यसकारण यस्तो गरिरहेका छन् । उक्त ट्वीटको प्रतिक्रिया दिएर उनलाई थप चर्चित नबनाउ भन्दै ऐश्वर्याले अभिषेकलाई सम्झाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण