विवेक ओबरोयलाई हत्या गरिदिने धम्की, पुलिसले सुरक्षा दियो
बलिउड नायक विवेक ओबरोयलाई नक्सलवादीले हत्या गरिदिने धम्की दिएको बताइएको छ । उक्त धम्कीपछि उनलाई मुम्बई पुलिसको तर्फबाट सुरक्षा प्रदान गरिएको छ । नक्सलवादीले विवेकलाई यो धम्की ‘पीएम नरेन्द्र मोदी’ फिल्मका लागि दिइएको बताइन्छ ।
पुलिसले सुरक्षा दियोः
विवेक ओबरोयका प्रवक्ताले यसबारे पुष्टि गरेका हुन् । उनका अनुसार अभिनेताको ज्यानको खतराको गोप्य जानकारी पाइएको थियो । एक पुलिस अधिकारीका अनुसार ओबरोयलाई बुधबार दुई नीजि सुरक्षा अधिकारी प्रदान गरिएको छ । ओबरोयको स्थानीय आवासबाहिर एक पुलिस वाहन पनि राखिएको उनले बताए ।
मिमको विषयमा विवादित छन् विवेकः
विवेक ओबरोय हालै आफ्नो एक विवादित ट्वीटका कारण चौतफी आलोचनाको शिकार भएका थिए । ऐश्वर्या राय बच्चामाथि विवादित मिमको विषयमा चर्चित छन् जसलाई उनले आफ्नो ट्वीटर अकाउन्टमा सेयर गरेका छन् । पछि उनले माफी मागेका थिए ।
उनी प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्ममा मुख्य भुमिका निभाइरहेका छन् । यो फिल्म चाँडै नै रिलिज हुने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण