मतदान गर्न सबैलाई आग्रह गरेका अनिल कपुर आफैंले किन भोट हालेनन्, बताए यस्तो कारण
भारतीय लोकसभा चुनावको क्रममा विभिन्न सेलिबिटीले मानिसहरुलाई भोट हाल्नका लागि प्रेरित गरेका थिए । कतिले चुनावी अभियानमा भागसमेत लिए । यद्यपी, बलिउड सेलिब्रिटीमध्ये केही सेलिब्रिटीको अन्य देशको नागरिकता भएकाले मतदान नगरेको भेटिएको छ भने कति भारतकै नागरिकता भएपनि भोट हाल्न असमर्थ भए । यीमध्ये एक सेलिब्रिटी हुन्, अनिल कपुर ।
केही दिन अघि एक कार्यक्रममा कुराकानीको क्रममा आफूले भोट नहालेको कारणबारे अनिल कपुरले जानकारी दिएका छन् । आफ्नो उपचारका लागि म्युनिखमा भएकाले आफूले यसवर्ष भोट हाल्न नपाएको उनले भने । उनले भने, ‘यो उपचारका मैले करिब एक–डेढ वर्षअघि अपोइन्टमेन्ट लिएको थिएँ । यतिबेला मसँगै श्रीमती सुनितासमेत थिइन् ।’
जर्मनीमा हुँदासमेत आफूले भोट हाल्न प्रयास गरेको तर प्रयास विफल भएकोमा उनले अफसोस पनि जताए । उनले भने, ‘त्यहाँको दूतावासमा भोट हाल्न पाउने सुविधा उपलब्ध थिएन । भविष्यमा यस्तो सुविधा पक्कै पनि हुनुपर्छ । हामी जुनसुकै देशमा हुँदा पनि आफ्नो देशको लागि भोट हाल्न पाउनुपर्छ ।’
स्मरण रहोस्, मानिसहरुलाई भोट हाल्न प्रेरित गर्ने सेलिब्रिटीमध्ये अनिल पनि एक हुन् । उनले ट्वीट गर्दै भनेका थिए, ‘हाम्रो एक भोटले स्थिती परिवर्तन हनसक्छ र म सबैलाई यो निवेदन दिन चाहन्छु कि भारतका लागि पक्कै पनि भोट गर्नुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण