सन्नी देओलको साटो सन्नी लियोनीको नाम लिइयो, नायिकाले सोधिन् यस्तो प्रश्न
भारतीय लोकसभा चुनाव २०१९ को नतिजा घोषणा गरिँदै छ । मानिसहरु यसका निकै उत्साहित देखिएका छन् । तर टिभीमा यो उत्साह थोरै महँगो साबित भएको छ । किनभने टेलिभिजन प्रस्तोताको एक गल्ती अहिले सोसल मिडियामा छाएको छ । यस्तो गल्ती रिपब्लिक टिभीका अर्नभ नामका प्रस्तोताले गरेका हुन् । उनी पंजाबको गुरदास पुर सिटबाट सन्नी देओलबारे अपडेट दिइरहेका थिए । तर गल्तीपूर्वका उनको मुखबाट सन्नी लियोनी निस्कियो । सोसल मिडिया यो भिडियो यति भाइरल भयो कि यो खबर सन्नी लियोनीसम्म पुग्यो । उनले यसबारे ट्वीट गर्दै भनेकी छिन्, ‘म कति भोटले अगाडि बढिरहेकी छु ?’
When Arnab gets too Excited and goofs up Sunny Deol for Sunny Leone! 🤣 #ElectionResults2019 #ArnabOnMay23 pic.twitter.com/cgK49b42Cv
— Rupesh Brahmecha (@RupeshBrahmecha) May 23, 2019
सन्नीको यो ट्वीटमा उनका फलोअर्सले निकै मज्जाको जवाफ दिइरहेका छन् । लगभग इन्जिनियर नामका एक प्रयोगकर्ताले लेखे, ‘तपाई १३५ करोड भारतीयको मनबाट अगाडि बढिरहनुभएको छ । ’ यस्तै, प्रयोगकर्ताले सन्नीको सेन्स अफ ह्युमरको तरिफ गरिरहेका छन् ।

सन्नी चाँडै नै ‘कोकाकोला’ नामको हरर कमेडी फिल्ममा देखिने भएकी छिन् । यो फिल्मका लागि आफू निकै उत्साहित भएको सन्नीले बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण