मागेजति दाइजो नपाउँदा हत्या, नीराले खानुपर्थ्यो दिनदिनै कुटाइ
बाँकेमा मागे जति दाइजो नदिएको निहुँमा जानकी गाउँपालिका–३, इन्द्रपुरकी २१ वर्षीया नीरा कुर्मीको हत्या भएको बताइएको छ । गत वर्षको वैशाखमा डुडुवा गाउँपालिका–३, वनकट्टीका २२ वर्षीय राममनोहर कुर्मीसँग विवाह भएको नीराको माइती पक्षले हत्या भएको दाबी गरेको छ ।
नेपालगञ्जमा आज माइती पक्षले पत्रकार सम्मेलन गरी विवाहपछि राममनोहरले दाइजो नदिएको भन्दै पटकपटक कुटपिट गर्ने गरेको र दाइजो नपाएकै कारण हत्या भएको दाबी गरेको छ । नीराका बुबा राधेश्याम कुर्मीका अनुसार दाइजो नल्याएको भन्दै राममनोहर र उनका परिवारले पटकपटक कुटपिट गर्दै आएको नीराले माइतीमा बताउँदै आएकी थिइन् ।
मरणासन्न हुने गरी कुटपिट भएपछि गत माघ १ गते भेरी अस्पतालमा भर्नासमेत भएकी थिइन् । विवाहमा रु सात लाख खर्च गरेका माइती पक्षले छोरीमाथिको अन्याय सहन नसकेर गएको वैशाखमा पुनः १ लाख बराबरको सोफा, दराजलगायतका सामग्री राममनोहरलाई दिएको नीराका बुबा राधेश्यामले बताए ।
त्यसपछि पनि मोटरसाइकल नदिएको भन्दै राममनोहरले पटकपटक कुटपिट गरेका थिए । बारम्बार कुटपिट हुन थालेपछि न्याय माग्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालय बाँकेको महिला सेलमा उजुरी दिएपछि आगामी दिनमा गल्ती नदोहो¥याउने भन्दै माफी मागेर नीरालाई घर लगेका थिए । तर यही जेठ २ गते दिउँसो नीरा झुण्डिएको अवस्थामा फेला परेपछि माइती पक्षले आत्महत्या नभई हत्या भएको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘घरजग्गा व्यवसाय सुधार्न नीतिगत स्थिरता आवश्यक छ’
-
साउन महिना नजिकिँदै जाँदा किनमेल गर्नेहरूको चहलपहल, तस्बिरहरू
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन उद्घाटन
-
जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह
-
एमालेसँग सहकार्य अन्त्य गर्ने कांग्रेसको निर्णयपछि लुम्बिनीमा राजनीतिक हलचल
-
कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण