यी अभिनेताकी श्रीमतीलाई थियो पोर्न हेर्ने लत, आफैंले गरिन् खुलासा
कुनै पनि कुराको लतले तपाईंको जीवनलाई समस्यामा पार्न सक्छ । र यदि यो लत पोर्नको हो भने त कुरा निकै गम्भीर छ र यो जरुरी छैन कि यसको शिकार पुरुषमात्र हुन्छन्, महिला पनि यसको सजिलै शिकार हुने गर्छन् ।
हालै, हलिउड सेलिब्रिटी विल स्मिथकी श्रीमती जाडा पिंकेट स्मिथले पोर्नसँग जोडिएको आफ्नो लतबारे खुलासा गरिन् । उनका अनुसार आफ्नो यो बानीले अत्यधिक सामना गर्नुपरेको उनले बताइन् । इन्टरनेटमा सार्वजनिक भएको एक भिडियोमा यसबारे कुरा गर्दै जाडाले त्यतिबेला आफू साँच्चै नै पोर्नको लत फसेको उनले बताइन् । त्यतिबेला उनले त्यसलाई निकै हल्का ढङ्गले लिएको पनि बताइन् । उनले भनिन्, ‘म यो भन्न सक्छु कि पोर्नसँग मेरो एउटा अस्वस्थ सम्बन्ध थियो । त्यतिबेला म निकै संयमित हुने प्रयास गरिरहेको थिएँ ।’
आफ्नी आमा एड्रिन बेनफिल्ड जोन्स र छोरी विलो स्मिथसँग कुरा गर्दै जाडा भन्छिन्, ‘यो कुनै खालीपन भरिरहेको जस्तो स्थिती थियो जुन वास्तवमा त्यस्तो थिएन । वास्तवमा पोर्न हेर्नु त्यति खराब पनि होइन तर त्यसमाथिको निर्भरताको नकारात्मक परिणाम हुनसक्छ । तर तपाईंलाई कसरी थाहा हुन्छ कि तपाईंको थोरै समयले एउटा सीमा पार गरिसकेको हुन्छ ? स्क्रिनलाई बन्द गरेर मद्दत माग्ने समय कहिले हो भन्ने धेरैलाई थाहा नहुनसक्छ ।’
जाडाका अनुसार पोर्नका लत निकै ठूलो समस्या हो तर धेरैजसो यसलाई वास्तविक समस्या मान्दैनन् । यद्यपी, व्यवसायिक मानसिक स्वास्थ्य विशेषज्ञले पोर्नको लत मानिसको मस्तिष्कमा एक नशालु औषधी वा रक्सीको लत जसरी नै हावी हुने गरेको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण