निकले रोमान्टिक पोष्टमा लेखे, ‘तिम्रो श्रीमान् हुनु सम्मानको कुरा’ प्रियंकाले दिएको जवाफ हेर्नुहोस्
बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी गायक एवं नायक निक जोनससँग सम्बन्धमा रहेको एक वर्ष पुगेको छ । शनिबार यो जोडीले आफ्नो विशेष दिनलाई आफ्नै शैलीले मनाए । यद्यपी, दुईजना सँगै थिएनन् । तर सोसल मिडियामार्फत् उनीहरुले एक–अर्काप्रति भावना व्यक्त गरे । निक अमेरिकामा थिए भने प्रियंका युनिसेफको ब्रान्ड एम्बेसेडरको रुपमा इथियोपियामा कुपोषणले ग्रस्त बालबालिकालाई भेट्न गएकी थिइन् ।
निकले लेखे, ‘तिम्रो श्रीमान् हुनु सम्मानको कुरा’
निकले हालै आयोजित कान्स फिल्म फेस्टिबलमा खिचेको एक रोमान्टिक तस्बिर सेयर गर्दै लेखे, ‘एक वर्ष अघि आजकै दिन म साथीहरुसँग हलिउड बाउलमा ब्यूटी एन्ड द बिस्ट हेर्न गएको थिएँ । ती साथीमध्ये एक महिला थिइन् जो मेरी सबैभन्दा मिल्ने साथी, विश्वासपात्र र मेरी सुन्दर श्रीमती बनिन् । म अहिलेसम्मको हाम्रो यात्राका लागि निकै आभारी छु । तिमी मेरो मुस्कानको कारण हौ र मलाई उत्कृष्ट बन्न प्रेरित गर्छौ । तिम्रो श्रीमान् हुनु मेरो लागि सम्मानको कुरा हो । आइ लभ यु प्रियंका चोपडा ।’
प्रियंकाको जवाफः मेरी जीवनमा तिमी सबैभन्दा अद्भुत
निकको पोष्ट पढेपछि प्रियंकाले पनि उत्तर दिएकी छिन् । उनले लेखिन्, ‘मेरो जीवनमा अहिलेसम्म जे भयो, तीमध्ये सबैभन्दा अद्भुत तिम्रो आगमन हो । आई लभ यु बेब ।’
प्रियंका मात्र होइन, उनका प्रशंसकले पनि निकको श्रीमतीलाई सम्मान गर्दै गरेको पोष्टको निकै तारिफ गरे । एकले लेखे, ‘यदि मेरा भावी श्रीमानले मसँग यस्तो कुरा गरेन् भने म उनीसँग सम्बन्धविच्छेद गर्नेछु । ’
एक अन्य प्रयोगकर्ताले कमेन्टमा यस्तो लेखे, ‘यदि प्यारो हुन बन्द गर । हाम्रो मनले थेग्न सक्दैन ।’
प्रियंकाले निकलाई बताए सबैभन्दा राम्रा श्रीमान्ः
प्रियंका चोपडाले पनि आफ्नो पहिलो डेटिङ एनिभर्सरीमा निकप्रति भावना व्यक्त गरिन् । उनले हलिउड गायक मोरिया क्यारीसँग एउटा फोटो सेयर गर्दै लेखे, ‘सबैभन्दा राम्रा श्रीमान् । यो एउटा सपना साँचो भए सरह हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण