अनुराग कश्यपकी छोरीलाई बलात्कारको धम्की किन आइरहेको छ ?
अनुराग कश्यप फिल्म निर्माता हुन् । उनले बनाएको फिल्ममध्ये ‘ग्याङ्ग्स अफ वासेपुर’ निकै चर्चित छ । उनी सोसल मिडियामा निकै सक्रिय छन् । हालै उनले एक ट्वीट गरेर नरेन्द्र मोदीलाई पुनः प्रधानमन्त्री चुनिएकोमा बधाई दिए । साथै उनले आफ्नी छोरीलाई भारतीय जनता पार्टी (भाजपा) का समर्थकबाट बलात्कारको धम्की आइरहेको पनि जानकारी दिएका छन् ।
अनुरागले आफ्नी छोरी आलिया कश्यपको इन्स्टाग्राममा गरिएको एक कमेन्टको स्क्रिनसट राखे । चौकीदार रामसंघी नामको यो प्रोफाइलबाट आलियाको फोटोमा कमेन्ट गरिएको थियो । उनीमार्फत् अनुरागलाई धम्की दिइएको थियो । अनुराग मोदी सरकारको आलोचना गर्छन् । कमेन्टमा लेखिएको थियो – अनुरागले यदि यी सबै बन्द गरेनन् भने आलियाको बलात्कार गरिनेछ ।’
अनुरागले ट्वीट गरेर नरेन्द्र मोदीसँग उनको आलोचना गर्दा बहिनी छोरीलाई बलात्कारको धम्की दिने यस्ता फलोअर्ससँग कसरी डिल गर्ने भनेर सोधेका छन् । अब यो मामलामा अनुराग कश्यपले एफआइआर दर्ता गरेका छन् । यसबारे अनुराग आफैले ट्वीटरमार्फत् जानकारी दिएका छन् ।
अनुरागले भनेका छन्, ‘म मुम्बई पुलिस, महाराष्ट्र साइबर, ब्रजेश सिंहलाई मद्दतका लागि धन्यवाद दिन चाहन्छु । एफआइआर गराउन मलाई मद्दत गरेकोमा धन्यवाद । धन्यवाद देवेन्द्र फणनवीस, नरेन्द्र मोदी सर । एक पिताको रुपमा अब थप सुरक्षित महसुस गरिरहेको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
-
सरकारी अनुदानका खानेपानी स्रोतबाट चर्को शुल्क नलिन प्रशासनको चेतावनी
-
पुजालाई केन्द्रीय सदस्य बनाउने निर्णयबाट किन पछि हट्यो आयोग ?
-
जर्मनीको प्रशिक्षकत्व सम्हाल्न क्लोप सहमत, नागेल्समानको स्थान लिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण