प्रेमीले उपहारमा नयाँ आइफोन किनिदिएनन्ः रिसाएकी प्रेमिकाले सबैको अगाडि हानिन् ५२ झापड (भिडियो)
प्रेमिकाले सायद प्रेमीले भ्यालेन्टाइन्स डेमा नयाँ आइफोन उपहारमा देलान् र सानका साथ चलाउँछु भन्ने सपना देखेकी थिइन् । आफूले सोचेको जस्तो नभएपछि प्रेमिका रिसले आँखा नदेख्ने भइन् र सार्वजनिक स्थानमा नै प्रेमीलाई ५२ पटक चड्कन लगाइन् ।
सुन्दा अचम्म लाग्ला तर घटना साँचो हो । एक चीनियाँ प्रेमीले प्रेमिकालाई आइफोन नदिएपछि सार्वजनिक स्थानमा हिंसा सहनुपरेको छ ।
प्रत्येक तीन वर्षमा एकपटक मार्च महिनाको २० तारिखमा चीनमा भ्यालेन्टाइन्स डे मनाइन्छ । तर सिचुवान प्रान्तका एक जोडीले प्रेम दिवसलाई भिन्न तरिकाले मनाए । नजिकै जडान गरिएका सिसिटीभी क्यामराका साथै त्यहाँ उपस्थित मानिसले खिचेको भिडियो पछि सोसल मिडियामा सार्वजनिक गरियो । उक्त भिडियोमा एक युवतीले आफ्ना प्रेमीलाई उपहारस्वरुप आइफोन नदिएको भन्दै चिच्याएर गाली गर्दै थप्पड हानेको देख्न सकिन्छ । उक्त फुटेजमा सबै झापड नदेखिएपनि पुलिसले ती व्यक्तिले ५२ बढी झापड खाएको पुष्टि गरेका छन् ।
प्रेमिकाले त्यसरी झापड हानिराख्दा पनि ती युवक केही नभनी, हलचल नै नगरी बसेको देखेर सबै चकित परेका छन् ।
उक्त जोडीको वरिपरि थुप्रै मानिसको भीड देखेर पुलिसले हस्तक्षेप गर्दै स्थिती नियन्त्रणमा लिएको थियो । सार्वजनिक स्थलमा त्यत्तिका थप्पड खाँदासमेत ती पुरुषले आफ्नी प्रेमिकालाई बचाउन खोजेको पुलिसले जानकारी दियो ।
पुलिसले उनीहरुलाई त्यहाँबाट हटाउन खोज्दा ती पुरुषले भने, ‘मैले नै गल्ती गरेको हुँ । उनले चाहेको जस्तो उपहार मैले दिन सकिनँ । उनको रिस शान्त हुन्छ भने म उनले हानेको जति पनि झापड खान तयार छु ।’
यो जोडीले आफ्नो झगडा पुलिस थानामा सल्टाउँदै आइन्दा आफ्नो समस्या सभ्य तरिकाले सुल्झाउने बचन दिएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण