बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मोदीको सपथ ग्रहणमा भाग लिन विनोद चौधरी दिल्ली प्रस्थान

बिहीबार, १६ जेठ २०७६, ११ : ४८
बिहीबार, १६ जेठ २०७६

काठमाडौँ । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सथप ग्रहण समारोहमा भाग लिन नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतको राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणमा सहभागिताका लागि निमन्त्रणा प्राप्त भएपछि उनी विहीबार विहान दिल्ली गएका हुन् ।

भारतका प्रधानमन्त्रीको सपथ ग्रहण समारोह बिहीबार सा“झ भारतीय समयअनुसार सात बजे राष्ट्रपति भवनमा आयोजना गरिएको छ । सोही अवसरमा मोदी सरकारका मन्त्रीहरूले पनि सपथ ग्रहण गर्ने कार्यक्रम छ । सांसद चौधरी सपथ ग्रहणपछि शुक्रबार नेपाल फर्किने कार्यक्रम रहेको छ ।

सन् २०१४ मा मोदीको पहिलो प्रधानमन्त्री कार्यकालका लागि सपथ ग्रहण समारोहमा पनि चौधरीलाई निमन्त्रणा गरिएको थियो । गुजरातको मुख्यमन्त्री हु“दादेखि नै मोदी र चौधरीबीच सुमधुर सम्वन्ध रहदै आएको छ ।

चौधरीको अध्यक्षतामा रहेको नेपाल उद्योग परिसंघले आयोजना गरेको आर्थिक विकासको मार्गचित्र सम्वन्धी कार्यक्रमलाई गुजरातको मुख्यमन्त्रीका रूपमा सम्बोधन गर्न नेपाल आउन चाहेका मोदीलाई भारतको तत्कालिन केन्द्र सरकारले अनुमति नदिएका कारण उनको नेपाल आउने कार्यक्रम त्यतिबेला रद्ध भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप