जब विवेकले गरे सलमानको ‘भारत’ को प्रोमोशन
बिहिबार मे ३० मा नरेन्द्र मोदीले दोस्रोपटक देशको प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरे । यो शपथ ग्रहण समारोहमा बलिउडका विभिन्न हस्ती समावेश भए र यसमा विवेक ओबरोय पनि समावेश थिए । विवेकले मोदीको बायोपिकमा नरेन्द्र मोदीको भूमिका निभाएका छन् ।
यो शपथ ग्रहण समारोहमा राकेश ओमप्रकाश मेहरा, सिद्धार्थ रोय कपुर, करण जोहर, शाहिद कपुर, अनुपम खेर, कंगना रनौतजस्ता बलिउड सेलिब्रिटी समावेश थिए ।
यो शपथ ग्रहण समारोहबारे विवेक यति उत्साहित भए कि उनले यसबारे एक ट्वीट गरे । यो ट्वीटमा उनले लेखे, यो शपथ ग्रहण समारोहबारे विवेक यति उत्साहित भए कि उनले यसबारे एक ट्वीट गरे । यो ट्वीटमा उनले लेखे, ‘शपथ ग्रहण समारोह एक पटक पुनः बोलाएकोमा सम्मानित महसुस गरिरहेको छु । म नरेन्द्र भाइलाई गुजरातका सीएमबाट #Bharat का प्रधानमन्त्रीको रुपमा शपथ लिइरहेको तेस्रो पटक देखिरहेको छु । म आफूलाई एक ऐतिहासिक पलको एउटा सानो हिस्सा महसुस गरिरहेको छु ।’
यद्यपी, यो ट्वीट गर्दा विवेकलाई थाहा थिएन कि उनले गल्तीपूर्वक सलमान खानको ‘भारत’ लाई प्रोमोट गरेका छन् किनभने उनले आफ्नो ट्वीटमा ३द्यजबचबत प्रयोग गरे । सोसल मिडियामा सलमानको नयाँ फिल्मका लागि यसै ह्यासट्यागको प्रयोग गर्दैछन् । यद्यपी, विवेकलाई यसबारे जब महसुस भयो तब उनले आफ्नो ट्वीट डिलिट गरे । त्यसपछि उनले एकपटक पुनः ह्याशट्याग प्रयोग नगरीकनै ट्वीट गरे ।
Honoured to be invited again to the swearing in ceremony. I’m watching @narendramodi bhai taking his oath for the 3rd time on his journey from CM Gujarat to PM of Bharat once again! Feeling like a small part of an incredible history 🇮🇳 #ModiSarkar2 #NamoAgain #ModiSwearingIn pic.twitter.com/jzk1jV6lVn
— Vivek Anand Oberoi (@vivekoberoi) May 30, 2019
स्मरण रहोस्, विवेक ओबरोय त्यतिबेला पनि विवादमा आएका थिए जब उनले चुनावी नतिजाअघि एग्जिट पोलबारे ऐश्वर्या रायको विवादित मीम सोसल मिडियामा सेयर गरेका थिए । यसमाथि विवाद भएपछि उनले यो ट्वीट डिलिट गरेर माफी मागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
-
नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता
-
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण