कविता : विकासका ध्वाँसाहरू
-अच्युतशाली घिमिरे
मलाई
अचम्म र उदेक लाग्छ
किन सबैमा राष्ट्रप्रेम झन्किन्नँ
किन सबैको भावना सग्लो छैन ?
किन कोही स्वार्थको अन्धतामा खुम्चिन्छ ?
किन कोही चाप्लुसी र भ्रष्टाचारको
पखेटामा उड्दछ ?
किन कोही अरूले राम्रो गरेको देखिसहँदैन ?
किन कोही देशको विकासमा ध्वाँसो हाल्छ ?
किन कोही विकास निर्माणमा भुइचालो ल्याउँछ ?
को हो त्यो मान्छे ?
जो आफू सत्यको घाँटी रेटेर
दुनियाँमा सच्चाइको दावा राख्छ !
को हो त्यो मान्छे ?
जो लोकप्रियता र प्रभुत्वको जगमा
घिनलाग्दो आसन जमाउँछ !
को हो त्यो मान्छे
जो चेहेरामा सफेद दलेर
कालो चरित्र समाउछ
को हो त्यो मान्छे
जो देशमा केही गर्छु भन्नेलाई
सधै रुवाउँछ
कतै त्यो
भूपि शेरचनले भनेझैँ
‘घुम्ने मेचमाथिको अन्धो मान्छे’
त होइन ?
छिः
मलाई बराबर घिन लाग्छ
ती मानिसहरुदेखि
बोक्रेपनलाई सच्चा सम्झेर
हिँड्ने गुण्डाहरूदेखि,
मपाइँ मोहनीको आकर्षणमा
अरूलाई सधँै अत्यचार गर्ने देखी,
सतीले सरापेको देश भन्दै
भित्र भित्र आफैले चुस्नेहरु देखी,
मलाई थाहा छ
आफ्नो शरीरले छाडेपछि पनि
लोभले महमा लटपटिने पखेटाहरु हुन् ती
जो आफ्नो नीचपन देखाएर
देशका योद्धाहरुलाई
साझ बिहान रुवाइरहन्छन्,
जो छलले कमाउँछन्
बलले मिच्दछन्
आकर्षणमा फस्तछन्
देशद्रोहीको नक्कल गर्छन्
र राजनीतिक आडमा
साधु बनेर नखरा देखाउँछन्
आज
बेला आएको छ
यी र यस्ता छक्का पञ्जाहरुलाई
परास्त गरेर
देश सिँगारमा लाग्ने
धुर्मुस र कुलमानहरुको सम्मानमा
लाग्नुपर्ने बेला आएको छ,
ढिलो नगरौँ
सके आफू देश बनाउन लागौँ
नसके यी पात्रहरुमा
हौसला बढाउन लागौँ
चिकित्सा शास्त्र अध्ययन संस्थान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण