गंगालालमा कार्यरत इन्जिनियर यादवको प्रमाणपत्र नक्कली भएको भन्दै विशेष अदालतमा आरोप पत्र दायर
काठमाडौँ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत इन्जिनियर प्रदीप कुमार यादवको प्रमाणपत्र नक्कली भएको बुझिएको छ । आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गर्दै इन्जिनियरको प्रमाणपत्र नक्कली रहेको भन्दै छानबिन गरी कारवाही गर्न आग्रह गरिएको छ ।
गंगालालमा इलेक्ट्रिसिटी सहायक पदमा नियुक्ति यादव इन्जिनियर पदमा बढुवा हुन प्रयोग गरिने पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रणको कार्यालय, कास्कीबाट जारी भएको ब्याचुलर या इलेट्रीकल र इलेक्ट्रिसियन इन्जिनिरिङ तहको शैक्षिक प्रमाणपत्र नक्कली भएको जनाएको छ ।
साथै नेपाल इन्जिनियरिङ परिषद्, नक्साल, काठमाडौंबाट जारी भएको साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता प्रमाणपत्र समेत नक्कली एवम् झुट्टा बनाई पेश गरेर गंगालालमा इलेक्ट्रसिटी सहायक पदमा करार नियुक्ति भएका थिए ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय गर्न आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण