वुर्तिबाङमा दलित आमसभाको तयारी पूरा
बुटवल । दलित सञ्जाल बाग्लुङ्ग क्षेत्र नम्वर २ को आयोजनामा मंगलबार बुर्तिवाङ्गमा दलित आमसभा हुन गइरहेको छ । २०६३ साल जेठ २१ गते छुृवाछुत मुक्त राष्ट्र घोषणा भएको दिनलाई १४ औं जातिय विभेद तथा छुवाछुत उन्मुलन दिवसका रुपमा आमासभा गर्न लागिएको र अन्तिम तयारी पुरा भएको मुल आयोजक समितिले जानकारी दिएको छ ।
ढोरपाटन नगरपालिका–१, वुर्तिवाङ्ग बसपार्कमा आयोजित आमसभालाई ऐतिहासक बनाउने गरि तयारी भएको मुल आयोजक समिति संयोजक एवं त्यस क्षेत्रका दलित अगुवा अशोककुमार बिश्वकर्माले जानकारी दिए ।
‘ शिक्षित बनौ संगठित हौं, संघर्ष गरौं, जेठ २१ गते वुर्तिवाङ्ग बजार जाऔं विविध कार्यक्रममा रमार्आै ’ भन्ने मुल नाराका साथ आयोजना गरिएको आमसभामा प्रमुख अतिथीको आशनबाट ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सम्वोधन गर्ने छन ।
त्यस्तै राष्ट्रिय दलित आयोकका कार्यवाह अध्यक्ष मनजित ताम्राकार लगायत पश्चिम बाग्लुङ्गका स्थानिय तहका प्रमुख , उपप्रमुख लगायतका जनप्रतिनिधी , बुद्धिजिवी र दलित अधिकारकर्मीहरुले पनि सम्वोधन गर्ने छन ।
आमसभामा गल्कोट नगरपालिका , बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका , निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका पुरै दलित समुदाय उतार्ने कार्यक्रम रहेको संयोजक बिश्वकर्माले बताए ।
त्यस्तै छिमेकी जिल्ला गुल्मी र देशका विभिन्न क्षेत्रमा विशेष चर्चित दलित समुदायका ब्यक्तिहरुलाई पनि आमन्त्रण गरिएको संयोजक बिश्वकर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण