शाहरुख खानले भने, ‘मेरा हरेक सपना करण र आदित्यले पूरा गरे’
बलिउड अभिनेता शाहरुख खानले फिल्म निर्माता करण जोहर र आदित्य चोपडाले हरेक सपना पूरा गरेको बताएका छन् । उनले सोमबार एउटा फोटो कोलाज ट्वीटरमा सेयर गरेका छन् जसमा उनको एकातर्फ करण छन् भने अर्कोतर्फ आदित्य देखिएका छन् । फोटोसँगै उनले दुबैप्रति कृतज्ञता प्रदान गर्दै क्याप्सन पनि लेखेका छन् । उनले लेखेका छन्, ‘सपना देख्नु राम्रो कुरा हो । तर त्यसले यदि दिशा पाएन भने त्यसको कुनै अर्थ हुँदैन ।’
करन–आदित्यले मेरो हरेक सपना पूरा गरेः शाहरुख
५३ वर्षका शाहरुख थप्छन्, ‘यी दुई (करन र आदित्य) ले मेरा हरेक सपना पूरा गरे । म यो यसकारण भनिरहेको छु किनभने तपाईंहरुलाई थाहा हुनुपर्छ कि सपनाभन्दा त्यसलाई पूरा गर्ने व्यक्ति महत्वपूर्ण हुन्छन् ।’
शाहरुखले करन जोहरसँग कुछ–कुछ होता हे, कभि खुसी कभी गम र माय नेम इज खानजस्ता फिल्ममा काम गरेका छन् भने आदित्य चोपडासँग दिलवाले दुल्हनिया ले जाएंगे, जब तक हे जान, विर जारा र रब ने बना दि जोडीजस्ता फिल्ममा देखिएका छन् । शाहरुखलाई रोमान्टिक हिरोको रुपमा पहिचान दिलाउने श्रेय दुई फिल्म निर्मातालाई जान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण