आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

भारतको प्रधानमन्त्री बन्न चाहान्छिन् प्रियंका चोपडा

मङ्गलबार, २१ जेठ २०७६, ११ : ४०
मङ्गलबार, २१ जेठ २०७६

पूर्व मिस वल्र्ड प्रियंका चोपडाले अमेरिकन गायक निक जोनसँग विवाह गरेपछि विदेश मा नै बस्न थालेकी छिन् । उनी सामाजिक सञ्जालमा तस्बिर शेयर गरिरहन्छिन् । 

सन् २००० मा मिस वल्र्ड बनेकी प्रियंका सामाजिक कार्यमा पनि उत्तिकै सहभागी हुने गरेकी छिन् । उनले हालै सन्डे टाइम्सलाई दिएको अन्तरवार्तामा उनले आफ्नो राजनीतिक धारणा व्यक्त गर्दै भारतको प्रधानमन्त्री बन्न चाहेको उल्लेख गरेकी छिन् । 

उनले आफूलाई भारतको प्रधानमन्त्री बन्ने अवसर प्राप्त भयो भने उनी प्रधानमन्त्री बन्न तयार भएको बताइन् । उनले आफ्नो श्रीमान निकलाई भने अमेरिकाको राष्ट्रपति भएको देख्ने इच्छा भएको बताइन् । 

अन्तरवार्ताकै क्रममा प्रियंकाले यो सबै सहज नभएपनि राजनीतिमा अब परिवर्तन आवश्यकता भएको बताइन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप