ऐश्वर्या रायमाथि विवेकको मिमबारे सलमान खानको यस्तो प्रतिक्रिया
गत महिना विवेक ओबरोयले ऐश्वर्या राय बच्चनसम्बन्धि मिम सेयर गरेर ट्वीटरमा उधुम मच्चाए । उक्त मिममा ऐश्वर्याका श्रीमान् अभिषेक बच्चन र उनीहरुका छोरी आराध्यालगायत बलिउड नायक सलमान खानसमेत मुछिएका थिए । उक्त मिम विवेकले एक्जिट पोलको नतिजालाई लक्षित गर्दै गरेका छन् । विवेकले उक्त मिम निकै सृजनात्मक भएको बताउँदै सेयर गरेका थिए ।
मिमले ऐश्वर्याको इज्जतमाथि आँच पुर्याएको भन्दै निकै आलोचना खेपेका थियो । यसमा सम्बन्धित कलाकारले यसप्रति कुनै प्रतिक्रिया दिएका थिएनन् । यद्यपि, बम्बे टाइम्ससँगको अन्तरवार्तामा सलमानलाई यसबारे प्रश्न सोधिएको थियो । सलमानको जवाफ निकै रोचक थियो । उनले भने, ‘मलाई यसबारे केही जानकारी छैन । मैले त्यो हेरेको छैन ।
सायद उनले उक्त मिम साँच्चै नै नहेरेका पनि हुनसक्छन् तर उनले त्यसलाई नजरअन्दाज पनि गरेको हुनसक्छ ।
सलमान यतिबेला आफ्नो बहुप्रतिक्षित फिल्म ‘भारत’ को प्रोमोशनमा व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
-
सरकारी अनुदानका खानेपानी स्रोतबाट चर्को शुल्क नलिन प्रशासनको चेतावनी
-
पुजालाई केन्द्रीय सदस्य बनाउने निर्णयबाट किन पछि हट्यो आयोग ?
-
जर्मनीको प्रशिक्षकत्व सम्हाल्न क्लोप सहमत, नागेल्समानको स्थान लिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण