जोशीको मुद्दाको मिसिल पाँच वर्षसम्म पनि अदालत पुगेन
नेपाली कांँग्रेसका नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीसहितलाई मुद्दा चलाउन अख्तियारले गरेको निर्णय र मिसिल १५ दिनभित्र पेस गर्न सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ ।
पाँच वर्षसम्म पटक पटक ताकेता गर्दा पनि मिसिल प्राप्त नभएको भन्दै अदालतले सचिव र अन्य कर्मचारीसँग लिखित जवाफ पनि माग गरेको छ । जवाफ र मिसिलसहित १५ दिनभित्र आफैँ अदालतमा उपस्थित हुन पनि सर्वोच्चको आदेशमा भनिएको छ ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले न्याय सम्पादन प्रक्रियामा अख्तियारले अनावश्यक हैरानी पु¥याएको समेत आदेशमा उल्लेख छ ।
अदालतले जोशीसहित उनका साला ताराराज पाण्डेमाथि मुद्दा चलाउने निर्णयको मिसिल माग गरेको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्ले
ले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण