क्षितीजका धर्साहरू
-कृष्णमणि पराजुली
आफ्ना नहुनेका लागि
पर क्षितिजमा कोरिएका
बाङ्गा टिङ्गा धर्साहरू पनि
आफ्नै रगत जस्तो लाग्दो रहेछ ।
माया नपाउनेहरूका लागि
यी क्षितिजका धेरै आकारहरू
माया गर्ने उद्गम स्थल भई दिँदा रहेछन्
आफ्नै जस्ता लागि रहन्छन्
कसैले साने भन्नेछन्
कसैले कान्छो भन्नेछन्
यति मात्र क्षितिजका धर्काहरूले भन्दा पनि
मन फुरुङ्ग हुनेछ
आकाश चुमे जस्तो लाग्नेछ
स्वर्गीय आनन्द भेटाए जस्तो हुनेछु ।
आफ्नैलाई हेप्नेहरूले
सबैलाई आफ्नै देखेका हुँदारहेछन्
तर
कुन्नी किन हो नदेख्नेहरूले
आफूलाई मात्र देख्दा रहेछन्
केवल आफूलाई मात्र ।
क्षितिजका धर्साहरूले
कसैलाई कसैलाई
नदेख्ने हुँदो रहेनछ
नदेख्नेहरूलाई पनि
देख्न पाठ सिकाउँदो रहेछ ।
प्रत्येक बिहानीमा यी धर्साहरूले
आफ्नो पहिचान नगर्नेहरूलाई
पाठ सिकाउन र कण्ठस्त पार्न
जति सिकाए पनि
केही लाग्दो रहेनछ ।
नबुझ्नेका लागि बुझाउन सजिलो भए पनि
बुझ्दै नबुझ्नेलाई
कुनै औषधिले पनि काम गर्दो रहेनछ ।
हे, गुमाएकाहरू हो
तिमीहरूले पनि देखि रहनेछौ
जति हेर्न सक्छौ हेर
यी क्षितिजका धर्साहरूले
तिमीलाई आफ्नै ठान्ने छन्
तिम्रा आफ्नै धर्साहरू मेटिए पनि
यी पर पर भएका धर्साहरू
तिम्रा आफ्नै धर्सा हुने छन् ।
कोही तिमीलाई माया गर्ने छन्
कोही तिमीलाई सधैँ आफ्नो साथमा लिने छन्
तिम्रा आफ्नै धर्साहरू निमिट्यान्न भए पनि
ती धर्साहरू भन्दा सधैँ अटल र अमर रहने
यी क्षितिजका अनगिन्ती रेखाहरू
सधैँ तिम्रा लागि पहरेदार भइरहनेछन् ।
तिमीले चिन्ता लिनु पर्ने छैन
एक दुई धर्सा हराउँदैमा
क्षितिजका अनगिन्ती धर्साहरू
तिम्रा लागि सधैँ रहिरहनेछन्
अनन्तसम्म अनन्तसम्म ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण