गजल : सिक धनीहरू भिखारीबाट
शनिबार, २५ जेठ २०७६, ११ : ४५
-विष्णुप्रसाद आचार्य ‘अतृप्त’
पेटभर खान पुगेन रोजगारीबाट
खुशी झिक्न मिलेन भकारीबाट
सायद मानहानि ठानेर ऊ आइन
निम्तो पठाएको थिएँ सुपारीबाट
जीवन त खरानीले पनि चलेकै छ
केही सिक धनीहरू भिखारीबाट
रमाइलोमै जन्मायौ, रमाउन देऊ
शिशु यस्तो भन्दैछ बाँसघारीबाट
छोरो छाती ठोकेर हिँड्दैछ आज
बाउले जोडिदिएको घरबारीबाट ।
तारकेश्वर न.पा.२, काठमाडौँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण