मेकअप बिना देखिइन् करिना कपुर, मानिसहरुले भने ‘बुढी’
बलिउड नायिका करिना कपुर खानको एउटा तस्बिर इन्टरनेटमा चर्चा बटुलिरहेको छ । यो तस्बिरमा करिना बिना मेकअप देखिएकी छिन् । हुन त उनी मेकअप बिना पनि निकै राम्री देखिएकी छिन् । तर सोसल मिडियामा कमेन्ट गर्नेहरुको मुख कसले बन्द गर्न सक्छ र ? यो तस्बिरमा मानिसहरु करिनामाथि विभिन्न टिप्पणी गरिरहेका छन् । कर्णिका सिंह नामकी एक प्रयोगकर्ताले करिनालाई उमेरभन्दा पनि बुढी देखिएको बताएकी छिन् ।
हुसैनले त उनलाई ‘डेड बडी’ समेत भन्न भ्याए । हुसेनले लेखे, ‘करिना गार्डनमा डेड बडीजस्तै देखिरहेकी छिन् ।’ एक प्रयोगकर्ताले शुद्ध हिन्दीमा लेखे, ‘बुढी देखिरहेको छौ’ । कतिले करिनालाई राम्रो कपडा लगाउन पनि सल्लाह दिइरहेका छन् ।
स्मरण रहोस्, करिना आजकाल इटलीमा छुट्टी मनाइरहेकी छिन् । श्रीमान् सैफ र छोरा तैमुर पनि उनीसँग छन् ।
छुट्टिीपछि करिना टिभीमा डान्स रियालिटी शो ‘डान्स इन्डिया डान्स’ मा जजको रुपमा देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण