मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

असोजबाट जनकपुरमा रेल गुड्ने

मङ्गलबार, २८ जेठ २०७६, ०७ : ५९
मङ्गलबार, २८ जेठ २०७६

आगामि असोजबाट नेपालमा पहिलो पटक डिजेलले चल्ने रेल गुड्ने भएको छ । 

रेलवे विभागले आगामी असोजबाट जयनगर–जनकपुर–कुर्था गुड्ने ३५ किमि रेल गुडाउने अन्तिम तयारी पूरा गरेको छ । नेपालमा भएको एउटै जनकपुर–जयनगर रेल छ वर्षदेखि पूर्ण रुपमा बन्द थियो ।

यसका लागि विभागले ८५ करोडमा दुई वटा आधुनिक रेल खरिद गर्न भारतको कोनकोन रेल्वे करपोरेसनसँग सम्झौता गरेको छ । सम्झौताअनुसार तीन महिनापछि उक्त दुई रेल जनकपुर आइपुग्ने विभागमा महाप्रबन्धक वलराम मिश्रले बताए । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप