कविता : यात्रा
-साकारबाबु सुवेदी
औँसी पस्किएर कसैलाई
म उज्यालो खोज्न हिँडेँ
रातमा ताराहरू
बादलभित्र पसेछन्
अप्ठ्यारा रातहरूमा
आँखा बन्द गरी हिँडेँ
आफैलाई झुक्याउँदै
नाङ्गा पाउहरू ठोक्काउँदै
म रातको उज्यालोमा
अन्धकारसँग हिँडेँ ।
म काँचो लालसाभित्र
दिशाविहीन यात्रामा
परिपक्वता खोज्न हिँडेँ ।
असङ्ख्य जुनकिरीहरूको संसारमा
एक आशादीप खोज्न हिँडेँ
म फिरन्ते जोगीको भेषमा
स्थायित्व खोज्न हिँडेँ
दिशाविहीन यात्रामा
म उद्देश्य बोधका लागि हिँडेँ
चिर निन्द्रामा कसैलाई
कालो कम्बलले छोपेर
म नाङ्गो शरीरले हिँडेँ
रात साह्रै चिसो भएछ
म दिनको खोजीमा हिँडेँ
आफैलाई सम्झाउँदै
नङ्गा पाउहरू बचाउँदै
म रातको उज्यालोमा
अन्धकारसँग हिँडेँ
म मोटो मस्तिष्कभित्र
अन्त्यहीन जीवन पथमा
यथार्थको खोजीमा हिँडेँ
मेघै मेघको संसारमा
बिजुलीको चमक खोज्न हिँडेँ
म मरुस्थलको मृगको भेषमा
तलाउ खोज्न हिँडेँ ।
दिशाविहीन यात्रामा
म परिपक्वता खोज्न हिँडेँ
प्रचण्ड गर्मीमा कसैलाई
अश्रुधाराले नुहाई
म सुक्खा बगरमा हिडेँ
रात साह्रै नै छिप्पिइसकेछ
म आँखा बन्द गरेर हिँडेँ
आफैलाई डोहोर्याउँदै
नाङ्गा पाउहरूलाई बिसाउँदै
म रातको उज्यालोमा
अन्धकारसँग हिँडेँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण