कविता : बारबेन्दीको पानी
-दिल थापा
बुढो रूखको कापबाट पलाएको
जरुवा पानीमा आजकाल बारबेन्दीको सुगन्ध आउँदैन ।
त्यो पानीमा बारबेन्दीको आइसल्यान्ड पनि बन्दैन
तर पनि आजकाल बारबेन्दी पानी खुब भाइरल छ
आजकाल घामको प्रचण्डले
पानीलाई यसरी दमन गरेको छ
पानी खोलाको बगर भित्रभित्रै भूमिगत भएको छ ।
तर बगरमा उसको बारबेन्दी पहिचानहरू देखिन्छ ।
खोलाको धेरै तल तलसम्म
राजधानीले रेडकार्पेट अछ्याएको सडकको अभाष दिलाउँछ ।
त्यो पानीले राना दाइको
खेतको मुहानलाई आजकाल भेट्न सक्दैन ।
तर पनि आजकाल त्यो पानीको समचार भाइरल छ ।
दिहुल खोलालाई भेट्न
प्रत्येक वर्षको असार श्रावण कुर्नुपर्छ ।
मानादी खोलाले लिई आउने
जागरनको बाढीसँगै
त्यो दिन उसले घामको रापलाई पनि बिर्सन्छे
त्यो दिन उसले घामको तापलाई पनि बिर्सन्छ
अनि भट्काउँछ
नश्लवादको पर्खालहरु
अनि चाट्छ
अख्तियार गरिएको मनुस्मृतिको पोस्टरहरु
त्यसैले आजकाल बारबेन्दी पानी खुब भाइरल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण