कविता : सहयात्री म तिम्रो जीवनको
शनिबार, ३२ जेठ २०७६, १० : ४८
-चण्डिका भट्टराई
हिँड्न चाहन्छु सँगै
तिम्रो हात समाई
जिउन चाहन्छु सधैँ
तिम्रो साथ रमाई
तिम्रो माया मेरो धन
तिम्रो प्यार मेरो कमाई
तिमी बाटै सुरु मेरो संसार
चाहन्छु बाँच्न तिमीमै हराई ।
इच्छा यही छ मेरो
सजाउन सकूँ तिम्रो संसार
संसारै भुलाईकन दिन सकूँ
तिमीलाई माया अपार
कदमसँग तिम्रो मिलाई कदम
गर्न सकूँ यात्रा लगातार
मिलोस् तिमीलाई सारा खुसी
गर्छु यही कामना बारम्बार ।
आयौ तिमी जिन्दगीमा
अनेकौँ रङ भर्दै
सिकायौँ जिउन तिमीले
सुवास मिठो छर्दै
मिलेर साथ साथ चढ्नु छ
अब जीवनको उकाली
बाँडेर सुखदुःख सबै
बढ्नुछ सँगै अगाडि
गन्तव्य अब एउटै हाम्रो
एउटै भयो बाटो
हरेक उतार चढावमा
उभिनेछु सँगै सहयात्री म
तिम्रो जीवनको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण