प्रदेश–१ मा ‘म अघि बढ्छु’ अभियानको तयारी
झापा–प्रदेश नं १ सरकारले १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान, सिर्जनशील, सकारात्मक एवं सामाजिक रुपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यले ‘म अघि बढ्छु’ नामक अभियान शुरु गर्ने भएको छ ।
प्रदेशका माध्यमिक तहका दुई हजार विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत एक लाख ९७ हजारभन्दा बढी विद्यार्थीलाई सहभागी गराइने सो कार्यक्रम प्रदेश नं १ सरकारले सञ्चालन गर्ने बृहत् कार्यक्रम हुनेछ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले ‘म अघि बढ्छु’ भन्ने अभियान चालू आर्थिक वर्षमै ‘ड्रिम प्रोजेक्ट’का रुपमा शुरु हुने बताए ।
उनले दुव्र्यसनमुक्त, नैतिकवान र देशभक्तिले ओतप्रोत नागरिक तयार पार्न किशोरावस्थामै राज्यले उचित शिक्षा दिनुपर्छ भन्ने सोचका आधारमा प्रदेश सरकारले चालू आर्थिक वर्षबाटै कार्यक्रम शुरु गर्ने गरी सगरमाथा टिन्स क्लब सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०७६ लागू गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण