११ महिनामा २६ जनामा डेङ्गु, सङ्क्रमणबाट बच्न के गर्ने ?
चितवन–जिल्लामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा २६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।
एक हजार ३७० जनाको रगत परीक्षणमा यो सङ्ख्याका बिरामी देखिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये ११ जना चितवनका छन् । अघिल्लो आर्थिक वर्षमा एक हजार २९१को रगत परीक्षण गरिएकामा ५९ जनामा सो सङ्क्रमण भेटिएको उनले जानकारी दिए ।
जिल्लाको भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्र, रत्ननगर नगगरपालिका र राप्ती नगरपालिकाको मुख्य शहरी क्षेत्रमा बढी सङ्क्रमित भेटिएका छन् ।
डेङ्गुको सङ्क्रमण वर्षा भएसँगै शुरु हुने भन्दै किट नियन्त्रक केसीले यस रोगको सङ्क्रमणबाट बच्नका लागि झुल लगाएर सुत्न, लामा बाउला भएका कपडा लगाउन, घर वरपर सरसफाइ गर्न, तथा पानी जम्न नदिन सुझाव दिए ।
पानी जम्ने ठाउँमा हप्तामा एक पटक एक दुई चम्चा मट्टितेल हालेमा पनि यस्तो समस्या हुँदैन । रोग नियन्त्रणका लागि कार्यालयले भरतपुर महानगरपालिकामा यही असार १ गते देखि ३ गतेसम्म लामखुट्टेका लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने भएको छ ।
डेङ्गु रोग सार्ने एजिप्ट एडिस नामको लामखुट्टेले पानी जमेको ठाउँमा फूलपार्ने भएकाले ती ठाउँमा देखिएका लार्भा खोजेर नष्ट गर्न महानगरपालिकामा रहेको स्वास्थ्य स्वयमंसेविका परिचालन गरिने र उनीहरुले आफ्नो क्षेत्रमा लार्भा खोजेर नष्ट गर्नाका साथै डेङ्गु रोग सम्बन्धी सचेतना फैलाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण