हिँड्दा वा गाडीमा यात्रा गर्दा चन्द्रमा वा सूर्य किन जहाँकोतहीँ देखिन्छ ?
अचम्मलाग्दो छ ! हामी हिँड्दा वा गाडीमा यात्रा गर्दा जमीनमा रहेका रुख, घर, स्थान आदि सबै छिटो छिटो हामीबाट विपरीत दिशामा टाढा भाग्दै जान्छन् तर आकाशको चन्द्रमा वा सूर्य भने हामी जहाँ पुग्छौं, त्यहीं आइपुगेको महसूस हुन्छ । के भान हुन्छ भने सूर्य वा चन्द्रमाले हामीलाई सधैं जहाँतहीं पछ्याइरहेको हुन्छ । यस्तो किन हुन्छ ?
हिँड्दा वा गाडीमा यात्रा गर्दा बाहिर रहेका बस्तु वा स्थानले हाम्रो आँखाको साथमा बनाउने झुकावको कोण छिटो छिटो बदलिएको हुन्छ, किनकि तिनीहरु हाम्रो आँखाबाट धेरै नजिक रहेका हुन्छन् । त्यसकारण तिनीहरु हामी हिँडेको विपरीत दिशामा छिटो छिटो भागेको हामीलाई महसूस हुन्छ ।
चन्द्रमा र सूर्य भने हामीबाट धेरै टाढा रहेका छन् । चन्द्रमा पृथ्वीबाट करीब ४ लाख किलोमिटर टाढा रहेको छ भने सूर्य करीब १५ करोड किलोमिटर टाढा रहेको छ । त्यसैले हामी हिँड्दा वा गाडीमा यात्रा गर्दा जमीनमा हामीले स्थान परिवर्तन गरिरहेको भए पनि सूर्य वा चन्द्रमासँगको हाम्रो दूरीमा खासै परिवर्तन भएको हुँदैन । त्यसैले सूर्य वा चन्द्रमाले हाम्रो आँखासंग बनाउने झुकावको कोणमा कुनै परिवर्तन आएको हुँदैन । यही कारणले नै हामी जहाँ गए पनि सूर्य वा चन्द्रमाले हामीलाई पछ्याइरहेको जस्तो भान हामीलाई हुन्छ । तसर्थ यो एउटा मनाबैज्ञानिक क्रिया मात्र हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण