'गुठी संस्कृतिको स्थानमा होली वाइनको संस्कृतिलाई प्रतिस्थापन गर्ने आत्मघाती बाटोमा सरकार'
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको वर्तमान दुई तिहाईको सरकारले नेपाल र नेपाली समाजको धार्मिक सांस्कृतिक समाजिक मूल्य मान्यता र मौलिक पहिचानलाई नै समाप्त पार्ने गरी योजनाबद्धरुपमा गुठी विधेयक २०७५ ल्याएको नेपाली काँग्रेसले आरोप लगाएको छ ।
व्यवस्थापिका संसदको बैठकमा बोल्दै काँग्रेस नेता दिलेन्द्रप्रसाद बडुले नेपाली समाजको गौरवपूर्ण मौलिक संस्कृति र पहिचना मेटाउँदै होली वाइनको अभिषेकको संस्कृतिलाई प्रतिस्थापन गर्ने आत्मघाती बाटोमा सरकार उद्दत भएको आरोप लगाएका हुन् ।
विधेयकको विरोधमा सडकमा स्वस्फूर्त रुपमा चलिरहेको आन्दोलनमा नेपाली काँग्रेसको ऐक्यबद्धता र समर्थन रहेको बताए ।
‘सरकार अहिले अन्धो भएको छ । दिनानुदिन बढिरहेको आन्दोलन देखिरहेको छैन । सरकार बहिरो भएको छ, जनताको आवाज सुनेको छैन,’ बडुले भने, ‘आन्दोलनलाई फगत सरकारको विरोध भनेर दमनमा सरकार उत्रिएको छ ।’
बडुले तत्काल उक्त विधेयक फिर्ता लिएर वार्ता र संवादको बाटोमा जान सरकारसँग जोडदार माग गर्दै यसबाट उत्पन्न हुने गम्भीर परिस्थितिका लागि सरकार स्वयम् जिम्मेवार हुने चेतावनी पनि दिए ।
उनले गुठी विधेयकबारे सरकारले दोहोरो चरित्र देखाएको पनि आरोप लगाए । ‘प्रधानमन्त्रीले यसरबारेमा सोचिनेछ, विचार गरिनेछ भन्ने र सरकारकै प्रवक्ताले सामन्ती अवशेष समाप्त पारेरै छाडिने अभिव्यक्ति दिने ? यो सरकारको दोहोरो चरित्र भयो । यो कुटेजस्तो र रोएजस्तो नाटक हामीलाई स्वीकार्य छैन ।
बडुका अनुसार संविधानको भाग ३ मौलिक हकको धारा २६ (२) ले प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल र धार्मिक गुठी संचालन गर्ने हक हुनेछ भन्ने स्पष्ट उल्लेख गरेको छ ।
प्रस्तावित विधेयकको दफा ४ मा सरकारले प्राधिकरण गर्ने र दफा २३ मा गुठीको हक र दायित्व प्राधिकरणमार्फत सरकारमा हुने भनिएको छ । ‘यो स्वीकार्य हुन सक्दैन । यो आपत्तिजनिक छ,’ बडुको जिकिर थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण