अभिनेता करण ओबरोयमाथि बलात्कारको आरोप लगाउने महिला पक्राउ
अभिनेता करण ओबरोयमाथि बलात्कारको आरोप लगाउने महिला तान्त्रिकलाई सोमबार भारतको क्राइम ब्रान्चले पक्राउ गरेको छ । करण ओबरोय एक महिनासम्म जेलमा बसेपछि गत हप्तामात्रै जमानतमा रिहा भएका छन् ।
यसरी रचिन् हमलाको षड्यन्त्रः
पुलिसका अनुसार महिलाले २५ मेमा मुम्बईको लोखण्डवाला इलाकामा मर्निङ वक गएका बेला आफूमाथि हमला गराएकी थिइन् । उनलाई त्यतिबेला तीनजना मानिसहरुले रोके र पेपर कटरले हमला गरे । यतिमात्र होइन, उनीहरुले अभिनेताविरुद्ध दर्ता गरेको मुद्दा फिर्ता नलिए तेजाबले आक्रमण गर्ने धम्कीसमेत दिएको बताइएको थियो ।
यसरी पत्ता लाग्यो महिलाको झुटः
दुई दिनपछि सिसिटीभीको मद्दतले पुलिसले हमलामा संलग्न चार युवकलाई पक्राउ गरे । तीमध्ये एक महिलाका वकिलका कजन थिए । उनका अनुसार महिलाका वकिललले नै उक्त नियोजित हमला गराएका थिए र यसका लागि उनलाई १० हजार भारु दिएका थिए ।
महिलाले आरोपलाई गलत बताइन्ः
उता, महिलाले यी आरोपलाई गलत बताएकी छिन् । उनले आफू निर्दोष भएको बारे ओशिवारा पुलिसलाई जानकारी दिएको र उनलाई उनका पूर्व वकिलले फसाएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण