हलिउड फिल्ममार्फत् डेब्यू गर्दैछन् शाहरुख खानका छोरा आर्यन
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले फिल्मी दुनियाँमा कदम राखेका छन् ।
बलिउडमा साधारणतया सेलिब्रिटीले आफ्नो बच्चालाई लञ्च गर्नुअघि कुनै प्रकारको कमी नहोस् भन्ने सोच्छन् । तर यहाँ मामला भिन्न छ । आर्यनको अभिनयअघि मानिसहरुले उनको आवाज सुन्न पाउनेछन् त्यो पनि हलिउडको ठूला प्रोजेक्टमा ।
वास्तवमा, आर्यन खानले आफ्ना बुवा शाहरुख खानसँग अन्तरराष्ट्रिय कम्पनी डिज्नीको चर्चित फिल्म ‘द लायन किंग’ को हिन्दी संस्करणमा आफ्नो आवाज दिँदैछन् । फिल्मका मुख्य भूमिका सिम्बालाई आर्यन र सिम्बाका पिता मुसाफालाई शाहरुख खानले आफ्नो आवाज दिनेछन् । पछिल्ला थुप्रै दिनदेखि शाहरुख र आर्यन यो फिल्मको डबिङमा जुटेका थिए ।
अन्तरराष्ट्रिय फादर्स डे र इन्डिया पाकिस्तानको म्याचको मौकामा सिम्बा–मुफासा (पिता–पुत्र) को नामको निलो टिसर्ट लगाएर शाहरुख र आर्यनले टिम इन्डियालाई बधाई दिँदै फादर्स डेको पनि शुभकामना दिए ।
फिल्म ‘द लायन किंग’ पहिलो पटक सन् १९९४ मा रिलिज भएको थियो । यो फिल्म रिलिज भएको २५ वर्ष पुरा हुँदा डिज्नी च्यानलले यसै कहानीलाई अब नयाँ प्रविधीमार्फत् बनाइएको एनिमेशन फिल्मको रुपमा पुनः रिलिज गर्ने निर्णय गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण