जेलबाट छुटेपछि बलात्कारको आरोप लागेका अभिनेताले भने, ‘कैदीमाथि जनावरजस्तो व्यवहार गरिन्छ’
गायक एवं अभिनेता करण ओबरोयले बलात्कार मुद्दामा बम्बे हाइकोर्टबाट जमानत पाएका छन् । यस्तै, उनीमाथि बलात्कार र ब्ल्यामेलिङको मुद्दा दर्ता गराउने महिलालाई झुटो आरोपका कारण पक्राउ गरिएको छ । जलबाट फर्किएर करणले एक भारतीय मिडियासँग आफ्नो अनुभव सुनाएका छन् ।
घाम हेर्नसमेत बन्देजः
‘मलाई पहिलो तल्लाको एउटा यस्तो ब्यारेकमा राखिएको थियो जसमा पहिले नै ९२ कैदी थिए । उक्त ब्यारेकको गेट केही घण्टाका लागि मात्र खुल्ला राखिन्थ्यो । हामीलाई घाम हेर्नसमेत अनुमती थिएन । त्यहाँको ट्वाइलेट कुनै नालीभन्दा कम थिएन । कैदीसँग जनावरजस्तो व्यवहार गरिन्छ । खाना यति खराब छ कि त्यो खानै सकिँदैन । थुप्रै दिनसम्म म भोकै बसेँ ।’
रुँदा रुँदै बित्थ्यो रातः
हरेक रात मैले जेलमा रोएर बिताएँ । म आफ्नो पूरा समय किताब पढ्ने र लेख्नमा बिताएँ । मैले आफ्नो जीवनको सबैभन्दा खराब समय त्यो जेलमा बिताएँ । वर्षौं वर्षपछि पनि म त्यो खराब अनुभवलाई कहिले पनि बिर्सन सक्दिनँ ।
अब अरुको लागि लड्नु मेरो उद्देश्यः
मैले यतिबेला थुप्रै व्यक्तिलाई देखेँ, जोसँग कसैको पनि समर्थन छैन । उनीहरु जेलमा कुनै गल्ती बिना नै सजाय भोगिरहेका छन् । जमानत हासिल गर्न कुनै आधार नभएकाले झुटो मुद्दामा जेलमा समय बिताउनुपर्ने बाध्यतालाई अब म चिर्न चाहन्छु । अब मेरो उद्देश्य त्यस्ता व्यक्तिका लागि लड्नु हो । म चाहन्नँ कि जे मैले सहेँ त्यो अरुले पनि सहुन् ।
मैले कहिले पनि उनलाई विवाह गर्छु भनेको थिइनँः
मैले बुझ्न नसकेको कुरा के हो भने मानिसहरु यति खराब कसरी हुन सक्छन् ? हामी एक डेटिङ एपमार्फत् भेट्यौं र केही दिनपछि हामीबीच कुराकानी सुरु भयो तर केही समयपछि मलाई ती महिला ठिक लागेन । उनले मेरो शान्त स्वभावको निकै फाइदा उठाइन् ।
मैले कहिले पनि उनलाई विवाह गर्छु भनेको थिइनँ । अहिले म आफ्नो परिवारको सुरक्षाका लागि चिन्तित छु । ती महिलाले ममाथि जति आरोप लगाएकी छिन् ती सबै गलत छन् र समय आएपछि म उनीबारे सबै जानकारी दिनेछु ।
मेरो परिवारको आँसु अहिलेसम्म थामिएको छैनः
मेरो परिवार यो घटनापछि विक्षिप्त छन् । बुवाको हालत निकै खराब भएको छ । आमा पछिल्लो एक महिनादेखि रोइरहेकी छिन् । हामी आर्मी ब्याकग्राउन्टका हौं र हरेक पटक मेरो बुवाले यहि प्रश्न सोध्छन् कि ‘के यहि दिन हेर्नका लागि हामी आर्मीसँग जोडिएका थियौं ?’ मेरा हजुरबुवा इन्सपेक्टर जनरल थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुरुमापा र राजामतीका आख्यानहरू
-
माइतीघरमा प्रदर्शन : देउवा, ओली र प्रचण्डदेखि बालेन, रवि र स्वर्णिमसम्मप्रति आक्रोश
-
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध
-
तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन
-
मुख्य राजमार्गको ताजा अवस्था : बाढी र पहिरोले कहाँ–कहाँ भयो अवरोध ?
-
‘प्लेयर अफ द म्याच’ छनोट प्रक्रिया, विवाद र हालसम्मका विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण