कस्तो होला आलिया र सलमान खानको जोडी ?
मुम्बई – बलिउडका सुल्तान सलमान खान र आलिया भट्ट पहिलोपटक फिल्मी पर्दामा देखिन लागेका छन् । संजय लीला भन्सालीको नयाँ फिल्म ‘इन्साल्लाह’मा काम गर्न लागेका हुन् ।
लामो समयपछि सँगै काम गर्न लागेका सलमान खानले पहिलोपटक ‘हम दिल दे चुके सनम’ मा काम गरेका थिए । उक्त फिल्ममा ऐश्वर्या राय र अजय देवगन पनि सँगै देखिएका थिए ।
फिल्मको बारेमा बलिउड तड्का अनलाइन पत्रिकाले लेखे अनुसार सलमान खानले ४० वर्षीय अमेरिकी व्यवसायीको भूमिका निभाउने भएका छन् । जसमा आलियाले २०–२२ वर्षकी युवतीको भूमिका निभाउँनेछिन् भने सलमान खानले ४० वर्षका व्यवसायीको भूमिका निर्वाह गर्नेछन् ।
सलमानले लापरवाही पुरुषको भूमिकामा देखिनेछन् । जसलाई जिन्दगीको अर्थ पार्टी, मोजमस्ती भन्ने मात्रै लाग्छ । यसै सिलसिलामा उनका पिताले उनलाई विवाह गरेर सुध्रिनुपर्ने सल्लाह दिन्छन् । यसैक्रममा उनको भेट आलियासँग हुन्छ । सलमानले आलियालाई पिताको अगाडि नाटक गर्न आग्रह गर्छन् तर सलमानको आलियासँग वास्तवमै प्रेम हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्तामाथि भएको कुटपिट र धरपकडप्रति प्रलोपाको आपत्ति
-
विश्वकप खेलेका दक्षिण अफ्रिकी मिडफिल्डर जेडेन एडम्सको २५ वर्षमै निधन
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण