एक दिन विप्लवले मेरो दिमाग नै खल्बलिने कुरा गरे : प्रचण्ड
चितवन– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समुह छिट्टै राजनीतिक मूलधारमा आउने दावी गरेका छन् ।
मङगलबार चितवनको भरतपुर महानगरपालिकाको चौँथो नगरसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफुले विप्लवलाई सबैभन्दा नजिकबाट चिनेको भन्दै उनी विस्तारै राजनीतिक मूलधारमा आउने तयारीमा रहेको बताएका हुन् ।
‘म विप्लवलाई सवैभन्दा नजिकबाट चिन्छु । हुन त अहिले एक दुईवटा बम पड्किएका छन् । यो घटनाक्रमले पनि विप्लवलाई विस्तारै नयाँ सोँचतिर जान प्रेरित गरेको छ । जसरी साथिहरु यसअघि मूलधारमा आइरहनुभएको छ । त्यसैगरी विप्लव पनि आउनुहुन्छ’ प्रचण्डले भने, ‘म प्रति उनी (विप्लव) को मनमा घृणा छैन ।’
अध्यक्ष प्रचण्डले पहिल्यैदेखि विप्लवले आफुसँगको भेटमा र सँगै रहेका बेला मार्मिक कुरा गर्ने गरेको स्मरण गदै उनले भनेका कुराहरु आफूलाई समेत गहिरिएर सोच्न बाध्य बनाउने गरेको बताए ।
विप्लवले दिमाग नै खल्बल्याए
एउटा मिटिङमा बहस हुँदा विप्लवले आफ्नो दिमाग नै खल्बलिने गरी एउटा कुरा भनेको प्रचण्डले सुनाए । ‘त्यस मिटिङमा हामीलाई काठमाडौँ त ल्याउनुभयो कमरेड ! तर नुवाकोटको एक तामाङ समुदायकी महिलालाई काठमाडाँै लाने भनेर बम्बई लगेजस्तो त हुने होइन ? भनेर प्रश्न गर्नुभयो’ विप्लवको भनाइ उधृत गर्दै प्रचण्डले सुनाए ।
तर अब विप्लवले बम्बई लगेको रहेनछ, काठमाडाँै नै लगेको रहेछ भनेर बुझ्न थालेको मैले पाएको छु । प्रचण्डले विप्लवको समस्या देशमा अब धेरै दिन नरहने समेत बताए । ‘शान्तिपूर्ण समाधान हुन्छ–हुन्छ । यो लामो समय रहँदैन,’ प्रचण्डको भनाई छ ।
काँग्रेस पनि एउटै डुङ्गामा
उनले विप्लवसँग मात्रै नभएर सरकार र नेकपा प्रतिपक्षसँग पनि सहकार्य गर्ने पक्षमा रहेकाले प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, आफु र प्रधानमन्त्री ओलीविच सम्बाद र छलफल निरन्तर भइरहेको बताए । ‘लगातार हामी तीनबीच जनाबीच छलफल र संवाद भइरहेको छ’ प्रचण्डको भनाई थियो ।
प्रतिपक्ष नेपाली काँग्रेससँगको सहकार्यबाटमात्रै समृद्धि र विकासको लक्ष्य पुरा हुने भन्दै उनले एक्लै हिँडेर कही नपुगिने बताए । ‘विकास र समृद्धिको यात्रामा पाइला चाल्ने प्रयास भइरहेको छ । यस यात्रामा प्रतिपक्षको पनि सहयोग आवश्यक छ । छलफल भइरहेको छ ’ प्रचण्डको भनाई छ । ‘शान्ति प्रकृयामा हामी मिलेरै आयौँ, संविधान मिलेर बनायौँ । अझै मिल्नुपर्ने बाध्यता छ । बाँकी शान्ति प्रकृयाका काम पनि मिलेर गर्नुपर्नेछ । सत्य निरुपण तथा वेपत्ताका सम्बन्धमा पनि हामी छलफलमै छौँ । हामी सवैको डुङ्गा एउटै हो । एउटै डुंगामा चढेका छौँ । त्यहाँबाट फुत्कन सक्ने अवस्था नै छैन’ प्रचण्डको भनाई छ । प्रचण्डले विकास र राष्ट्रिय महत्वका विषयमा सवै एकजुट हुनको विकल्प नभएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गाउँपालिकाले एक वर्षदेखि तलब नदिएको भन्दै ३९ सामुदायिक विद्यालयमा पठनपाठन ठप्प
-
दक्षिण कोरियाले उत्तर कोरियासँगको सीमावर्ती नागरिक नियन्त्रण क्षेत्र घटाउने
-
एक महिनामै रौतहट प्रहरीले बरामद गर्यो १ करोड ४३ लाखभन्दा बढीको अवैध सामान
-
इतिहास रच्ने दाउमा कीर्तिमानी क्रिस्टियानो
-
रास्वपाले सार्वजनिक गर्यो महाधिवेशनको आधिकारिक लोगो
-
मकवानपुरका ४० भन्दा बढी औषधी पसल बन्द गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण