अदालतले सम्बन्धविच्छेदपछि श्रीमतीलाई घरको काम गराएबापत् श्रीमानबाट दिलायो दुई करोड रुपैयाँ
अर्जेन्टिनामा एक स्थानीय अदालतले एक व्यक्तिलाई आफ्नो डिग्रीधारक श्रीमतीलाई २८ वर्षसम्म घरको काम गराएबापत् १ लाख ४२ हजार पाउन्ड (२ करोड रुपैयाँ बढी) क्षतीपूर्ती स्वरुप दिन आदेश दिएको छ । अदालतले यो आदेश सम्बन्धविच्छेदको सुनुवाईको क्रममा दियो । अदालतका अनुसार सम्बन्धविच्छेद गर्नेबेला उनको उमेर ६० वर्ष नाघिसकेको थियो जसका कारण उनीसँग कुनै आर्थिक सहारा नभएकाले उनलाई उक्त रकम दिन अत्यावश्यक थियो ।
महिलाको नाम एमएल हो । उनले अर्थशास्त्रमा स्नातक गरेकी छिन् । विवाहपछि श्रीमतीले घर व्यवहार सम्हाल्ने र श्रीमानले कमाउने सहमती भयो । विवाहको २८ वर्षपछि सन् २००९ मा एमएलका श्रीमानले अलग्गिने निर्णय गरे । सन् २००९ देखि अलग बस्न थालेको यो जोडीको सन् २०११ मा सम्बन्धविच्छेद भयो । यतिबेला एमएल ६० वर्ष पुगिसकेकी थिइन् । धेरैले यो उमेरमा अवकाश पाउने गर्छन्, आर्थिक समस्यासँग जुध्नका लागि कामको खोजी गरिन्, तर कसैले उनलाई जागिर दिएनन् ।
यो मुद्दा पुनः अदालत पुग्यो । एमएलले न्यायाधीसलाई आफू अत्यधिक आर्थिक समस्यामा भएको बताइन् । यता एमएलका श्रीमान् भने आनन्दको जीवन व्यतित गरिरहेको रिपोर्टमा उल्लेख छ ।
‘यो निर्णय न्यायसंगत छ किनभने यसले घरमा काम गर्नेहरुको मेहनत र प्रयासलाई कदर गरेको छ । घर सम्हाल्न, अरुको हेरविचार गर्ने काम निकै गाह्रो हो किनभने यसमा समय, प्रयास र सीप चाहिन्छ,’ ल्याटिन अमेरिकन जस्टिस एण्ड जेन्डर टिमकी कार्यकारी निर्देशक लुसिया मार्टेलोटले भनिन् । ‘तर बिडम्बना यो छ कि महिलाहरुले यसका लागि तलब पाउँदैनन् ।’
न्यायाधीस फामाले उक्त क्षतीपूर्ती रकमलाई ‘जोडीबीचको भिन्न आर्थिक अवस्थालाई सन्तुलन’ को संज्ञा दिएकी छिन् । महिलाको इकोनोमिक्सको डिग्री र उनका श्रीमानले जुन उमेरमा उनलाई छोड्ने विचार गरे, त्यसलाई पनि ध्यानमा राखेर निर्णय गरिएको जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण