कविता : प्रेमपत्र
-किशोर सापकोटा
पहिलो दिनमै आँखा जुध्यो, अब तिमीलाई चिन्नु छ,
केही कुरा भन्नु छ, धेरै कुरा सुन्नु छ
सपनाको संसारलाई, प्रेमपत्रमा लेख्नु छ,
वर्तमानको बुझाइमा, भविष्यलाई देख्नु छ ।१।
फकाएर तिमीलाई, माया प्रेम गाँस्नु छ,
तिमीलाई खुशी बनाएर, जिन्दगीभरी हाँस्नु छ
मेरो दिलमा तिमीलाई राखी, तिम्रो दिलमा बस्नु छ,
कहिल्यै नफुस्कने गरी, मायाको डोरी कस्नु छ ।२।
मेलापात गर्दागर्दै, एउटै खोला तर्नु छ
डोको नाम्लो बोकेर, सँगै बेसी झर्नु छ
जुनी जुनी तिमीसँगै, यो जिन्दगी काट्नु छ
तिमीसँग सबै मेरा, सुखदुःख साट्नु छ ।३।
अगेनाको डिलमा बसी, तिम्रा कथा सुन्नु छ
संसारमा साँचो प्रेमको उदाहरण बन्नु छ
बोलेर मात्र होइन तिमीलाई, माया गरी देखाउनु छ,
तिम्रो दिल र मेरो दिलमा, अमिट प्रेम लेखाउनु छ ।४।
पहिलो भेटमै आँखा जुध्यो, अब तिमीलाई चिन्नु छ,
केही कुरा भन्नु छ, धेरै कुरा सुन्नु छ ।५।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण