कविता : बाटो
-आरपी तिमिल्सिना
हतासिँदै भौतारिँदै बाटो छेउ
अचानक एक बालक आएर सोध्छ
दाइ,
यो बाटो कहाँसम्म जान्छ ?
जिन्दगीको चौबाटोमा
ठिङरिङ्ग उभिएर
म आफै अन्योलमा छु
कुन बाटोले कहाँसम्म डो¥याउँछ
र कतातिर पाइला मोड्ने ?
यही बाटोसँग छन्
हर्ष र वेदनाका कथा
हरेक दिन दोहोरिएर हिँड्ने बटुवा
तिनीहरुको भोगाइ
लहर र जिन्दगीका छालहरु ।
यही माटो टेकेर हिँड्छन्
कसैका जन्ती र कसैका मलामीहरु
नाबालकको जिन्दगीको
पहिलो पैतलाको छाप
बुढीआमा र उनको
रेसारेसा निस्केको बाँसको लौरो
सबैसबै नालिबेली छन् ।
कसरी अटाउन सकेको होला
सायद विशाल छाती छ माटोको
र बुझे
जिन्दगी भर्न, बुझ्न र रित्याउन
माटोसँग साइनो गाँस्नै पर्छ ।
म एकोहोरिएँ
निर्दाेष अनुहारमा
अस्ति मात्र क्यान्सरले खाएको छोरा सम्झेँ
उसका काला आँखामा
टपक्क बसेका रङ्गीन सपनाहरू
लहरिएर उभिए मेरो अघि ।
म सम्झिन पुग्छु
उसका हरेक उठबैठ
बुरुक्क बुरुक्क उफ्रिँदै आएर
कसिलो गरी अँगाल्छ
र भन्छ,
बाबा
घर नफर्किने हजुर ?
म घरमै पर्खी बसेको छु हजुरलाई ।
छेउतिर र पछाडिबाट जोडले
गाडीको हर्न बज्छ
म निन्द्राबाट झल्याँस्स बिउँझेजस्तै हुन्छु
देख्दिनँ त्यो बालक
र पर हेर्छु आँखा तन्काएर ।
बालक आफ्नै सुरमा हिँडिरहेछ
दौडिँदै बालकसम्म पुग्छु
बाबु,
यो बाटो माटोसम्म पुग्छ
तिमी त्यो बाटो जाऊ
बजारसम्म पुग्छ
जाऊ
त्यहाँ रङ्गीन खेलौनाहरु पाइन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण