शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

आमा मलाइका र अर्जुन कपुरको सम्बन्धमा छोरा अरहानको यस्तो प्रतिक्रिया

सोमबार, १६ असार २०७६, १० : २४
सोमबार, १६ असार २०७६

यतिबेला मलाइका  अरोडा र अभिनेता अर्जुन कपुरको सम्बन्ध बारे जतातते चर्चा छ । हालै उनीहरुको न्यूयोर्क भ्रमणका तस्बिर निकै भाइरल भएका थिए । अर्जुन कपरले यो भ्रमणमा तस्बिरमार्फत् आफ्नो प्रेमको खुलेर अभिव्यक्ति गरे । यस्तै भारतीय मिडियामा प्रकाशित एक रिपोर्ट अनुसार मलाइकाले एक अन्तरवार्ताको क्रममा आफ्नो सम्बन्धबारे खुलेर कुराकानी गरेकी छिन् । उक्त रिपोर्टमा मलाइका अरोडाले दुई बीचको उमेरको अन्तरबारे पनि कुराकानी गरेको बताइएको छ ।

एक वेबसाइटलाई दिएको अन्तरवार्तामा मलाइकाले भनिन्, ‘सम्बन्धविच्छेदपछि पुनः प्रेम पाउनु निकै विशेष पल हो ।’

यो अन्तरवार्तालाई विश्वा गर्ने हो भने उनले भनेकी छिन्, ‘यो निकै अद्भूत अनुभव हो । जब मेरो विवाह टुट्ने स्थितीमा पुगेको थियो तब मलाई थाहा थिएन कि म पुनः सम्बन्धमा रहनुपर्छ वा पर्दैन । यद्यपि, म चाहन्थेँ कि म आफूलाई दोस्रो मौका दिऔं । म खुसी छु कि मैले सही निर्णय गरेँ ।’

उक्त अन्तरवार्तामा मलाइकाले अर्जुनसँगको उमेर भिन्नताबारे प्रश्नको जवाफ पनि दिएकी छिन् । उनले भनिन्, ‘कुनै सम्बन्धमा उमेर भिन्नताले खासै केही फरक पार्दैन । यो दुई व्यक्तिको भावना र कनेक्सनसँग सम्बन्धित हुन्छ । हामी यस्तो समुदायमा बस्छौं जो मानिसहरुलाई अघि बढ्नका लागि रोक्ने गर्छन् । यस्ता मानिसहरुलाई म आफ्नो वरिपरि नै देख्न चाहन्नँ ।’

मलाइकाले उक्त अन्तरवार्तामा उनले अर्जुन कपुरसँगको सम्बन्धबारे आफ्ना छोरा अरहानसँग पनि कुरा गरेको बताइन् । उनका अनुसार उनका छोरा अरहान उनीहरुको सम्बन्धमा निकै खुसी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप