लाइम लाइटबाट टाढा छिन् जुही चावलाकी छोरी, सार्वजनिक भयो तस्बिर
जुही चावला बलिउड उद्योगकी चर्चित अनुहार हुन् । तर यो क्षेत्रबाट उनको परिवार सधैं टाढा बस्ने गर्छ । यसैकारण जुही चावलाका सन्तानलाई कमैले चिन्छन् ।
जुही चावलाले हालै आफ्नी छोरी जान्ह्वीको तस्बिर सेयर गरिन् । यो तस्बिरमा जान्ह्वी विद्यालयको कक्षाकोठामा बसिरहेको देख्न सकिन्छ । नायिकाले तस्बिरसँग लेखिन्, ‘जान्ह्वी आफ्नो स्कूलको फेयरवेलमा, एकै समयमा खुसी र दुःखी । ’
रिपोर्टलाई मान्ने हो भने जुही चावलाकी छोरी धीरुभाइ अम्बानी इन्टरनेशनल स्कूलमा पढ्छिन् ।
जुही चावलाकी छोरीको तस्बिर देखेर सोसल मिडियामा प्रतिक्रिया आउन सुरु भयो । थुप्रै प्रशंसकले उनकी छोरीको जुहीको झैं मुस्कान भएको बताए । उक्त फोटोमा थुप्रै विद्यार्थी भएकाले जान्ह्वीलाई चिन्न सजिलो छैन । यसैकारण जुही चावलालाई धेरैले छोरी कुन हो भनेर सोधिरहेका छन् ।
जुही चावलाका दुई सन्तान छोरी जान्ह्वी र छोरा अर्जुन लाइम लाइटबाट टाढै छन् । सोसल मिडियामा पनि यी दुई निकै कम सक्रिय छन् । स्मरण रहोस्, जुही चावलाले सन् १९९५ मा व्यापारी जय मेहतासँग विवाह गरेकी थिइन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण