वरुण धवनले ट्रेलरको तारिफ गरे तर लेखेनन् कंगनाको नाम, रंगोलीले टोक्दा दिए कडा जवाफ
कंगना रनोट र राजकुमार राव स्टारर जजमेन्टल हे क्याको ट्रेलर जुलाई २ तारिखमा रिलिज भयो । ट्रेलर रिलिज भएपछि यसले बलिउड स्टार्ससहित थुप्रैको ध्यान खिचिरहेको छ । यो सूचीमा वरुण धवनको नाम पनि समावेश छ जसले ट्वीटरमा ट्रेलरको तारिफ गरे तर कंगनाकी दिदी रंगोलीले उनको भनाईलाई टोकेपछि वरुणले पनि रंगोलीलाई कडा जवाफ दिएका छन् ।
वरुणले गरे ट्रेलरको तारिफः
वरुणले आफ्नो ट्वीटमा लेखे, ‘कस्तो राम्रो ट्रेलर हो । उत्कृष्ट लिड र सपोर्टिङ कास्ट छन् । उत्कृष्ट राइटिङ देखिएको छ । जजमेन्टल हे क्या निकै राम्रो होला जस्तो छ ।’
What a mast trailer. Amazing lead and supporting cast backed by some great writting.Looks like alot of fun #JudgementallHaiKyaTrailer https://t.co/S3uM5vlmp5
— Varun Dhawan (@Varun_dvn) July 2, 2019
रंगोलीले टोकिन्ः
कंगनाकी म्यानेजर र उनकी दिदी रंगोली चन्देलले वरुणको ट्वीटमा कमेन्ट गर्दै लेखिन्, ‘कंगनाको नाम पनि लेखिदिएको भए हुन्थ्यो सर, उनी पनि कसैकी छोरी हुन्, उनले पनि मेहनत गरेकी छिन् ।’
Kangana ka bhi naam likh dete sir!! Wo bhi kisi ko bachi hai usne bhi mehnat ki hai !!! @Varun_dvn 😎 https://t.co/OxRZARgsYZ
— Rangoli Chandel (@Rangoli_A) July 3, 2019
वरुणले पनि दिए जवाफः
ट्रेलरमा सबैलाई देखेर मज्जा आइरहेको छ । सतिश सर, हुसैन, राज र विशेषगरी कंगना । लिड कास्टको अर्थ यही त थियो म्याम । तपाईंलाई शुभकामना ।’
. Loving everyone from satish sir, Hussain,raj and specially Kangana aur lead cast ka wohi matlab tha maam 😎. Best wishes https://t.co/BTlafMqolu
— Varun Dhawan (@Varun_dvn) July 3, 2019
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्तामाथि भएको कुटपिट र धरपकडप्रति प्रलोपाको आपत्ति
-
विश्वकप खेलेका दक्षिण अफ्रिकी मिडफिल्डर जेडेन एडम्सको २५ वर्षमै निधन
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण