दुलहा सय वर्ष दुलही १०२ वर्ष, एक वर्षको प्रेम पछी गरे विवाह
भनिन्छ प्रेमको कुनै उमेर हुँदैन । तपाईं जवान हुँदा होस् वा बुढ्यौली भइसक्दा होस्, प्रेमको अनुभूती गर्न पाउनु निकै भाग्यको कुरा हो । यो कुरा अमेरिकाका एक जोडीले प्रमाणित गरिदिएका छन्, त्यो पनि सय वर्षको उमेरमा ।
अमेरिकाको ओहियोस्थित सय वर्षका जोन र १ सय २ वर्षकी फिलिस कुकले विवाह गरेका छन् । दुबै पछिल्लो एक वर्षदेखि एक–अर्कालाई डेट गरिरहेका थिए ।
दुबैको भेट गत वर्ष किंग्सटन रेसिडेन्स नामको वृद्धाश्रममा भएको थियो । त्यसपछि उनीहरुको दोस्ती समयसँगै प्रेममा परिणत भयो । उनीहरु एक–अर्कालाई डेट गर्न थाले र गत बुधबार उनीहरुले विवाह गरेका छन् ।
जोनले आफ्नो विवाहबारे भनेका छन्, ‘यो हाम्रो योजनामा थिएन । तर हाम्रो यहाँ भेट भयो । यहाँ विवाह होला भनेर सपनामा पनि सोचेको थिइनँ ।’
जोनले दोस्रो विश्वयुद्ध लडेका थिए । उनी भर्खरै सय वर्ष पुगेका हुन् । अगस्ट ८ मा फिलिस १ सय ३ वर्ष पुग्नेछिन् । उनकी आमा १ सय ६ वर्ष बाँचेकी थिइन् । करिब १० वर्षअघि उनकी श्रीमतीको निधन भएको थियो । यस्तै, फिलिसका श्रीमानको १५ वर्षअघि निधन भएको थियो । श्रीमानको निधनपछि नै उनी वृद्धाश्रममा बस्न थालिन् ।
त्यही वृद्धाश्रममा गत वर्ष जोन पनि आएपछि आफूहरु प्रेममा परेको फिलिसले बताइन् ।
‘तपाईंलाई नढाँटी भन्ने हो भने हामी एक–अर्काको प्रेममा पर्यौं । यो उमेरमा यस्तो भन्दा तपाईंलाई पनि अचम्म लाग्यो होला तर हामी साँच्चै नै प्रेममा थियौं,’ फिलिसले भनिन् ।
‘हामीबीच धेरै कुरा मिल्छ, हामी एक–अर्काको साथमा रमाउँछौं,’ जोनले भने ।
यो नवविवाहित जोडीले राम्रो सम्बन्धको कडी के हो भन्ने प्रश्नमा उत्तर दिए, ‘एक–अर्काप्रतिको सम्मानले नै सम्बन्धलाई दिगो बनाउँछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण