कविता : डिप्रेशन
शनिबार, २१ असार २०७६, १० : ५४
-साकार बाबु सुवेदी
जीवन गुमाएको धेरैपछि फेरि अबेरै आयो
सुस्त पीडित शरीरसँगै आज त सबेरै आयो ।
सोचें एक मुठी आशा त पक्कै छर्छ होला
कति गलत ? सोचेको भन्दा धेरै नै आयो
सुस्त पीडित शरीरसँगै आज त सबेरै आयो ।
लाग्यो नियति झैं चुपचाप कै पदचाप होला
तर एक, दुई, तीन अनि चार भनेरै आयो
सुस्त पीडित शरीरसँगै आज त सबेरै आयो ।
ठानें बाँझो खेत खाली खलियान नै होला
हे भगवान ! पूरा हरियाली नै चरेरै आयो
सुस्त पीडित शरीरसँगै आज त सबेरै आयो ।
सम्झें सधैं अन्धकार उज्यालो लुकाएकै होला
ओहो ! खुला आकाश झैं प्रकाश छरेरै आयो
सुस्त पीडित शरीरसँगै आज त सबेरै आयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण