२४ घण्टामा काठमाडौंमा सर्वाधिक ७२ मिलिमिटर वर्षा, आज पनि बाढीको खतरा
आइतबार, २२ असार २०७६, ११ : ३४
काठमाडौँ उपत्यकामा बाढीको खतरा रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
वाग्मती नदीको जलाधार क्षेत्रमा समेत बहाव बढ्ने र काठमाडौँ उपत्यका क्षेत्रमा शाखा नदीहरुले साँझपछि सतर्कता तह पार समेत गर्न सक्ने जनाइएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्र सर्वाधिक ७२ मिलिमिटर वर्षा भएको छ ।
यस्तै आज देशैभरका प्राय नदीनालाहरु बढ्दो क्रममा रहने पनि महाशाखाले जनाएको छ ।
त्रिशुली, बुढीगण्डकी, कोशी, मस्र्याङदी, सेती, दुधकोशी, सुनकोशी, तामाकोशी, कालीगण्डकी र कर्णालीमा आज मध्यान्हपछि भोलिसम्म सबै नदीहरुमा बहाव बढ्ने सतर्कता अपानाउन महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण