यस्तो छ ‘यो माया कस्तो माया’को ‘हुन्न है’ गीत
सोमबार, २३ असार २०७६, १२ : ०३
काठमाडौं – किशान पोखरेलको निर्देशनमा तयार भएको फिल्म ‘यो माया कस्तो माया’ले प्रचार प्रसारको थालनी गरेको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ‘हुन्न है’ बोलको गीत सार्वजनिक गरेको हो ।
फिल्मको प्रदर्शन मितिका लागि अझै तय हुन सकेको छैन । राम्रो डेटमा फिल्म रिलिज गर्न बितरकसँग छलफल भइरहेको निर्देशक किशान पोखरेले बताए ।
प्रेमकथामा आधारित फिल्मको सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, शिवानी मोक्तान तथा उद्धिपध्वज थापाको स्वर छ । गीतका शब्द अम्बिका शर्माले कोरेकी हुन् । गीत फिल्मका कलाकार दिवस धिताल र रीतु पौडेल माथी फिचरिङ गरिएको छ ।
कर्ण थापा र बाबु गौतम कार्यकारी निर्माता रहेको फिल्मको निर्माताहरुमा इन्द्र रजक, समृद्धि श्रेष्ठ, बिशाल गुरुङ, कमल चन्द्र पोखरेल र गोबिन्द बर्देवा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबाप्पेको कीर्तिमानसँगै फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण