वित्तीय संघीयता व्यवस्थापनका लागि विश्व बैङ्कको १० अर्ब सहयोग
विश्व बैङ्कले नेपालको सार्वजनिक क्षेत्रको वित्तीय संघीयता व्यवस्थापनका लागि करिव १० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।
राजस्व सचिव लालशंकर घिमिरे र विश्व बैङ्कका नेपाल प्रतिनिधि फारिस एच हडाडजेरभोसबीच नेपालको वित्तीय संघीयता व्यवस्थापन हुनेगरी आवश्यक नीति बनाउन १० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच हस्ताक्षर गरिएको सो समझदारी पत्रमा सार्वजनिक क्षेत्रको वित्तीय संघीयताको व्यवस्थापनका लागि सो सहुलियतपूर्ण ऋण खर्च गरिने उल्लेख गरिएको छ ।
कार्यक्रममा बोल्दै राजस्व सचिव घिमिरेले विश्व बैङ्कले नेपालको सार्वजनिक क्षेत्रको वित्तीय संघीयता कार्यान्वयनका लागि सो सहायता उपलब्ध गराएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै विश्व बैङ्कका नेपाल प्रतिनिधि फारिसले नेपालको वित्तीय संघीयताको उचित व्यवस्थापनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
विश्व बैङ्कले यस अघि पनि नेपालको वित्तीय संघीयताको संरचना निर्माणका लागि करिव २० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण