परीक्षा अनियमितताका आरोपित त्रिवि सेवाका परीक्षकद्वारा आत्महत्या
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षामा अनियमितता आरोप लागेका उत्तरपुस्तिका परीक्षक रामबहादुर पाण्डेले आत्महत्या गरेका छन् ।
आयोगका पूर्वकर्मचारीसमेत रहेका ६७ वर्षीय पाण्डे बिहीबार साँझ त्रिपुरेश्वरस्थित एक भवनको ६ तलामाथिबाट हाम फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
उनी कानुन व्यवसायीलाई भेट्न उक्त भवनमा सञ्चालित ल फर्ममा पुगेका थिए । त्यही भवनबाट हामफालेर आत्महत्या गरेको हुन सक्ने महानगरीय प्रहरी कार्यालयका एसएसपी श्यामलाल ज्ञवालीले बताए ।
परीक्षार्थीको नम्बर थपघट गरेर नतिजा फेरबदल गराएको आरोपमा अख्तियारले उनीसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ ।
सेवा आयोगको विज्ञापन नम्बर १८र०७३र०७४ अन्तर्गतको मुख्य कार्यालय सहायक पदको दोस्रो पत्र र कार्यालय सहायकको प्रथम पत्रको उत्तरपुस्तिका परीक्षणमा उनी संलग्न थिए । यी दुईसहित ६ पदको परीक्षामा आयोगका पदाधिकारी, परीक्षक, समपरीक्षक र कर्मचारीले अनियमितता गरेको अख्तियारको ठहर छ । आयोगका अध्यक्ष चैतन्य शर्मा, सदस्य चिन्तामणि पोखरेल, सदस्यसचिव परशुराम कोइरालाविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।
यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक सुरक्षा र सहरी सौन्दर्यीकरणका योजना बनाउँदै प्राधिकरण
-
युक्रेनले क्यास्पियन सागरमा इरानी जहाजमाथि आक्रमण गरेपछि तनाव
-
अर्को साता रोममा भेटवार्ता गर्दैछन् इजरायल र लेबनानका अधिकारीहरू
-
रुसी बेटिङ कम्पनीसँगको सम्बन्धका कारण पिर्लो इटालीको मुख्य प्रशिक्षकको दौडबाट बाहिरिए
-
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
-
अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण