तटबन्धले रोकेन नदी कटान
असार र साउन महिनामा वर्षेनी आउने बाढीले मध्य तथा पूर्वी मधेसका अधिकांश जिल्ला डुबानमा पर्दै आएका छन् । गत असार अन्तिम साता बाग्मती, लालबकैया, रातु, कमला, खाँडो, कोसी र कन्काई तथा पश्चिममा कर्णाली नदीको अनियन्त्रित बहावले उक्त भौगोलिक क्षेत्रका लाखौँ सर्वसाधारणको जनजीवन असहज बन्न पुग्यो ।
ठूलो धनराशि खर्च गरेर बनाइएका तटबन्धले पनि नदी कटान रोक्न सकेको छैन ।
नदीको बहाव नियन्त्रण गरेर क्षति न्यूनीकरण गर्न करोडौँ रुपियाँको लगानीमा तटबन्ध निर्माण गरिन्छ । मर्मतमा बर्से्नि करोडौँ रुपैयाँ खर्चिन्छ । अतिवृष्टि भएको वर्ष तटबन्धकै कारणले डुबानमा परेर नागरिकको ज्यान जोखिममा पर्दै आएको छ । बालीनाली र पशुधन पनि क्षति हुँदै आएको छ ।
जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सरिता दवाडी भने तटबन्ध भत्काएर अनियन्त्रित बहाव मात्रैले डुबान नल्याएको बताउँछन् । उनले अव्यवस्थित सहरीकरण र ढलको उचित निकास नहुँदा सहरी क्षेत्र डुबानमा परेको तर्क गरे ।
गएको असार महिनाको बाढीले अप्रत्याशित रूपमा डुबान निम्तिएको उनले बताए ।
दवाडीका अनुसार बाग्मती, लालबकैया, कमला, खाँडोको अनियन्त्रित बहावले रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीको ग्रामीण क्षेत्रमा बढी क्षति पु¥याएको हो । झापा भएर बग्ने कन्काई र कमला नदीले मात्रै २१ स्थानमा कटान गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा ईश्वरचन्द्र झाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचनलाई प्रविधिमैत्री बनाउने र विदेशमा रहेका नेपालीलाई मताधिकार दिने प्रस्तावित आयुक्त वाग्लेको कार्ययोजना
-
एमालेभित्रै उठ्यो नेकपासँगको सहमतिमाथि प्रश्न
-
गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र
-
सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
-
नारायणगढ–मुग्लिन सडक एकतर्फी सवारी सञ्चालन
-
सुनसरी घटना : प्रहरीको गोली लागेर नागरिकको मृत्यु भएकोमा नेकपाद्वारा भर्त्सना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण