शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

खगेन्द्र अब ‘नन्दुलाल’

बिहीबार, ०९ साउन २०७६, ११ : ५२
बिहीबार, ०९ साउन २०७६

अभिनेता खगेन्द्र लामिछाने आफ्नै निर्माण निर्देशनमा फिल्म ‘पानी फोटो’बनाउने तयारी गरिरहेका छन् । यी नै अभिनेता खगेन्द्रको अभिनय फिल्म ‘नन्दुलाल’मा पनि रहने भएको छ । 

‘कृ’ निर्माता सुवास गिरीको निर्माणको अलवा निर्देशन समेत रहने फिल्म ‘नन्दुलाल’का लागि अहिले खगेन्द्र फाइनल भएका छन् ।

सुवास इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने ‘नन्दुलाल’का लागि मुख्य अभिनेताको रुपमा खगेन्द्र फाइनल भएको निर्देशक गिरीले बताए । फिल्मको लेखन पनि खगेन्द्रले नै गरिरहेका छन् । 

यसअघि ‘नोभेम्बर रेन’, ‘क्लासिक’ र ‘कृ’ जस्ता फिल्म निर्माण गरेका गिरीको यो निर्देशनमा डेब्यु फिल्म हो । फिल्म निर्माणबाट सिकेको अनुभव निर्देशनमा खन्याउने गिरीले बताए ।

‘नन्दुलाल’ सामाजिक बिषयवस्तुमा निर्माण हुन लागेको हो । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मको बाँकी टिम एक कार्यक्रमको आयोजना सहित छिट्टै घोषणा गिरीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप