६ वर्षीया युट्युब स्टारले किनिन् ८० लाख अमेरिकी डलरको घर
एजेन्सी । दक्षिण कोरियाकी एक ६ वर्षीया युट्युब स्टारले लाखौँ डलर पर्ने एक पाँच तले घर खरिद गरेकी छिन् । ३ करोड सब्सक्राइबर भएकी बोरामले अभिभावकद्वारा खडा गरिएको बोराम फेमली कम्पनीमार्फत् सो घर खरिद गरेकी हुन् ।
सियोलको आधुनिक उपनगर गङ्नामस्थित उक्त घरको मूल्य ९ अर्ब ५० करोड कोरियन वन (८० लाख अमेरिकी डलर) रहेको बताइएको छ ।
बोरामका दुईवटा चर्चित यु ट्युव अकान्टमध्ये उनलाई टोइ रिभ्यू च्यानलमा १ करोड ६० लाखले नियमित हेर्दै आएका छन् भने अर्को भिडियो ब्लग अकाउन्टको प्रयोग गर्नेहरु १ करोड ७६ लाख छन् ।
बोरमले बनाएका भिडियो क्लिपमध्ये भन्सामा प्लास्टिकको खेलौना प्रयोग गरेर बनाइएको तयारी चाउचाउ र त्यसपछि उत्साहपूर्वक खाइरहेको दृष्यलाई सबैभन्दा बढी हेरिएको थियो । जुन ३७ करोड ६० लाखले हेरेका थिए ।
यु ट्युवमा बालबालिका ठूलो व्यापार हुन सक्छन् ।
फोब्र्सका अनुसार अमेरिकाको गत वर्ष सबैभन्दा धेरै आम्दानी गर्ने युट्युवरमा रायन टोइज रिभ्यू का ७ वर्षीय रायन काजी रहेका थिए । सन् २०१८ मा उनले आफ्नो च्यानलबाट लगभग २ करोड २० लाख अमेरिकी डलर कमाएका थिए । उनको च्यानलको २० लाख ८० हजार सब्सक्राइबर रहेका छन् ।
त्यसैगरी पारिवारिक यु ट्युव च्यानल ‘ट्राभ एन्ड कोर’मा देखिएका अर्का ५ वर्षीय अमेरिकन बाल स्टार ट्योडुसलाई ३० लाख १० हजार हेर्दै आएका छन् ।
यु ट्युव प्रययोगकर्ताले आफ्नो भिडियोमा विज्ञापनका केही भाग प्रयोग गरेर, विभिन्न ब्राण्डका मालवस्तु बिक्रीमा सहकार्य गरेर अथवा आफ्ना विषयवस्तुमा उत्पादन समावेश गरेर पैसा कमाउने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण