अमृता रावले इशा देवललाई गरिन् गाली, बदलामा पाइन् थप्पड
बलिउड नायिकाका बिच प्रेमी र सम्बन्धको विषयमा धेरैजसो झगडा भइरहन्छन् तर कतिपय अवस्थामा नायिकाहरु बिच कुटपिट पनि हुने गर्दछ । यस्तै सन् २००६ मा फिल्म ‘प्यारे मोहन’ को सुटिङको क्रममा इशा देओल र अमृता रावबिच भएको थियो । वास्तवमा, इशा र अमृता सेटमा एक–अर्कासँग यति घृणा गर्न थालेका थिए कि एकपटक उनीहरुबिच हात हालाहालको स्थिती पैदा भयो । इशाले अमृतालाई फिल्मको सेटमा नै चड्कन लगाइन् ।
– एक अन्तर्वार्तामा इशा आफैंले अमृतालाई रिसको झोंकमा थप्पड हानेको स्विकार गरिन् ।
– इशाका अनुसार सन् २००६ को नोभेम्बर १८ तारिखको हो जब प्याकअपपछि अमृताले निर्देशक इन्द्र कुमार र क्यामेराम्यानको अगाडि नै आफूमाथि भद्दा कमेन्ट गर्दै तथानाम भन्न सुरु गरिन् ।
– उनका भनाइले मलाई निकै रिस उठ्यो र उनको कुराको जवाफ दिन आवश्यक ठानें । मैले यताउती केही नसोची एक मज्जाको थप्पड हाने ।
– उनले भनिन्, ‘मैले जे गरें त्यसमा मलाई कुनै पछुतो भएन किनभने उनले मलाई जे भनेकी थिइन् त्यो थप्पडको लायक थियो ।’
– यद्यपी, पछि अमृताले उनलाई आफूले गल्ती गरेको भन्दै माफी मागेको र उनले पनि माफी दिएको बताइन् ।
– यस्तै, अमृतासँगको अन्तर्वार्तामा उनले यसका लागि इशालाई दोष दिन नसक्ने बताउँदै यस विषयमा केही पनि भन्न नचाहेको बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण